शुक्रबार, पुस ४, २०८२

राष्ट्रिय अपाङ्ग सेवा संघ प्युठानको साधारणसभा सम्पन्न

बिमला पौडेल
प्युठान राष्ट्रिय अपाङ्ग सेवा संघ प्युठानको १८ औं बार्शिक साधारणसभा शुक्रबार खलंगामा सप्पन्न भएको छ।
संघका अध्यक्ष हुनाराम खड्काको अध्यक्षतामा कार्यक्रम भएको हो।
संघले आ.ब. ०८०/०८१ मा सप्पन्न गरेका गतिविधि सहितको प्रगति प्रतिबेदन र आर्थिक प्रतिबेदन व्यापक छलफल सहित पारित गरेको छ।
संघले विभिन्न निकाय संगको साझेदारीमा अपाङ्गता लक्ष्यित कार्यक्रम संचालन गर्दै आएको अध्यक्ष हुनाराम खड्काले बताउनुभयो।
मल्लरानी गाउँपालिका ४ निबासी समाजसेवी भरत कुमार श्रेष्ठले स्थापना गर्नुभएको अक्षयकोषबाट अपाङ्गता भएका बालबालिकालाई शैक्षिक सामग्री प्रदान गरिएको छ।
साधारणसभाले कार्यसमितिमा रिक्त रहेको सचीवमा सीता सुनार र सदस्यमा कर्ण बहादुर सुनार र महेन्द्र थापालाई चयन गरेको छ।

साधारणसभामा संघका निवर्तमान अध्यक्ष जुमान सिंह केसीले अपाङ्गता भएका ब्यक्तिलाई अझैपनि समाजले सहर्ष स्वीकार गर्ननसकेको भन्दै अभियानलाई थप प्रभावकारी बनाउनुपर्ने बताउनुभयो उहाँले भन्नुभयो अपाङ्गता भएका ब्यक्ति अझै शिक्षा, स्वास्थय,शिक्षा तथा रोजगार स्वरोजकामा जोडिन नसकेको बताउनुभयो।
समाजसेवी योगेन्द्र श्रेष्ठले शैक्षिक सामग्री प्रदान गर्नुभएको थियो।

साधारणसभामा बोल्ने वक्ताहरुले अपाङ्गताको सवाल ओझेलमा परेको हुदा शसक्त भएर लाग्नुपर्ने बताएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal