शनिबार, पुस ५, २०८२

हाल कायम भाडादरमा थप बस सेवा संचालन गर्न समस्या ः यातायात व्यवसायि

प्यूठान । हाल कायम भाडादरमा दशैं लक्षित थप बससेवा संचालन गर्दा व्यवसायिहरु मर्कामा पर्ने यातायात व्यवसायिले गुनासो गरेका छन् । प्यूठान –काठमाण्डौं यातायात सेवा अन्तरगत नियमित नम्वरका बाहेक थप बस सेवा संचालनका लागि हालको भाडादरले लागत समेत नउठ्ने उनिहरुको भनाई छ ।

“एक पटक जिल्लावाट काठमाण्डौ जाँदा आउदा झण्डै ८० हजार माथी सम्म खर्च उठ्छ”, स्वर्गद्धारी गौमुखी यातायात सेवा प्रा.लि.का अध्यक्ष चन्द्रमान श्रेष्ठले भन्नुभयो , “हालको भाडादरले व्यवसायिलाई एक पटकमा झण्डै १५ हजार घाटा हुन्छ ।” प्यूठान देखि काठमाण्डौका लागि यात्रु नपाउने र फर्किने मात्रै यात्रु हुदा एकोहोरो बसभाडाले लागत नै उठ्न नसक्ने उहाँले बताउनुभयाे । हाल प्यूठान देखि काठमाण्डौ ३७ देखि ४० सिट क्षमताका बसहरु संचालन हुदै आएका छन् । प्यूठान वाग्दुला देखि काठमाण्डौ सम्म ए.सी.बसको १ हजार नौ सय र डिलक्स बसको १ हजार ६ सय रुपैया प्रतिव्यक्ति भाडादर कायम छ ।

नियमित बस सेवा भन्दा थप बस सेवा संञ्चालन गर्दा प्रतिव्यक्ति २० प्रतिशस सम्म भाडादर थप भएमा मात्रै व्यवसायिको खर्च रकम उठ्ने यातायात सेवा प्रा.लि.ले जनाएको छ । प्रा.लि.का अनुसार प्यूठान काठमाण्डौ नियमित संचालन हुने बस सेवा अन्तरगत आगामी असोज २४ गते सम्मका लागि जिल्ला फर्किने सवै सिट बुकिङ्ग भईसकेको छ ।

दशैं नजिकिए संगै यात्रुको चापलाई मध्यनजर गर्दै व्यवसायि र यात्रु दुवैलाई मर्का नपर्ने गरि सेवा प्रदान गर्ने योजनामा रहेको यातायात व्यवसायिको भनाई छ । यात्रुको सुरक्षित गन्तव्य र व्यवसायिको समस्या वारे जिल्लाका सरोकारवाला निकायहरु संग समन्वय गरि बस सेवा थप गर्ने यातायात सेवा प्रा.लिका अध्यक्ष श्रेष्ठले बताउनु भयो ।
अनलाईन बाटै टिकट बुकिङ्ग
स्वर्गद्धारी गौमुखी यातायात सेवा प्रालिले अझै पनि अनलाईन टिकट बुकिङ्गको संख्या कम रहेको जनाएको छ । सेवा प्रालिले गत माघ महिना देखि अनलाई टिकट बुकिङ्गको व्यवस्था गरेपनि भौतिक रुपमै टिकट लिने संख्या उल्लेख्य रहेको जनाएको छ।

शनिवार यातायात सेवा प्रा.लिको आयोजनामा जुम्रीमा आयोजित पत्रकार सम्मेलनमा प्रालिका अध्यक्ष श्रेष्ठले अनलाईन टिकट बुकिङ्गले यात्रुको समय र खर्चमा समेत मितव्ययि हुने बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal