बिहिबार, कार्तिक २९, २०८१

ठुलाबेसीमा प्रथम खुल्ला गौमुखी आइडल डान्स हुँदै

 

प्युठान गौमुखी गाउँपालिकाको ठुलाबेसीमा प्रथम खुल्ला गौमुखी आइडल डान्स ( नृत्य प्रतियोगिता ) हुने भएको छ।आइडल डान्समा भागलिने प्रतियोगी एकल वा संयुक्त रुपमा आफ्नो प्रतीभा प्रस्तुत गर्न सक्नेछ्न।

गाउँसमाजमा लुकेर बसेका प्रतिभालाई बाहिर उजागर गर्ने उदेश्यले प्रथम गौमुखी खुल्ला आइडल डान्स प्रतियोगिता राखिएको संस्थाका निवर्तमान अध्यक्ष रबि चन्दले जानकारी दिनुभयो।

दशैतिहारको अवसरमा वडा स्तरीय खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिता समेत संचालन हुन लागेको हो।

एहि कार्तिक ९ देखि ११ गते तीनदिन सम्म कार्यक्रम चल्ने संस्थाका अध्यक्ष केशव बहादुर केसीले बताउनुभयो।

प्रत्येक वर्ष संचालन गर्दै आएको कार्यक्रमलाई गौमुखि गाउँपालिका मुख्य प्रायोजक रहने तथा अन्य संघसस्था, ब्यक्ति, व्यावसायिहरु बाट सहयोग संकलन गरि कार्यक्रम संचालन गर्न लागिएको ठुलाबेसी सामुदायिक बिकस मंचका सचीव कवि केसीले बताउनु भएको छ।

संस्थाले गतवर्ष कार्यक्रमबाट प्राप्त सहयोगमा ठुलाबेसी नजिकैको कुर्लाचौरमा करिब ७ रोपनी जग्गा खेलमैदानको लागि खरिद गरेकोले एस वर्षको कार्यक्रम खेलमैदानमा गरिने संस्थाका उपाध्यक्ष अशिम न्यौपानेले बताउनुभयो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?