शनिबार, साउन १२, २०८१

अखिल छैटौं पाल्पाले संगठन बिस्तार अभियान तिब्र पार्यो

 

पुरन पोख्रेल

अखिल (छैठौं) पाल्पाले आफ्नो संगठन बिस्तार अभियानलाई तिब्र बनाएको छ।पश्चिम क्षेत्रको जेठो र ऐतिहासिक त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा बि एड प्रथम बर्षमा चिलिसा गाहा को अध्यक्षतामा
१५सदस्य कमिटी निर्माण गरिएको छ।मिना श्रीनेतले संचालन गर्नुभएको कार्यक्रमको प्रमुख अतिथि अखिल छैठौं जिल्ला अध्यक्ष बिमला सापकोटा रहनुभएको थियोे। कार्यक्रममा जिल्ला उपाध्यक्ष अमृत शर्मा लगाएत नेताहरूको उपस्थिति रहेको थियो।
अखिल छैठौं त्रिभुवन बहुमुखी क्याम्पको BBS प्रथम बर्षमा इकाई समितीको निर्माण गरेको छ ।जसमा अनुराज बुढा अध्यक्ष रितु पराजुली उपाध्यक्ष प्रतिभा पौडेल सचीव अनमोल महर्जन कोषाअध्यक्ष सहित १३ जनाको समित गठन गरेको छ। मिना श्रीनेतले संचालन गर्नुभएको कार्यक्रमको प्रमुख अतिथि जिल्ला अध्यक्ष बिमला सापकोटा रहनुभएको थियो।कार्यक्रममा जिल्ला उपाध्यक्ष अमृत शर्माको पनि उपस्थिति रहेको थियो।
साथै त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाको मुलगेट अगाडी तम्घास पाल्पा रोडमा जेब्रा क्रसिङ र स्पिड स्लो सिग्नल तत्काल राख्न माग गरिएको छ ।यसअघि अखिल ( छैठौं ) र संयुक्त विद्यार्थी संगठन ले राखेका माग पूरा गर्न माग गर्दै पुर्ब क्याम्पस प्रमुख जीवन बहादुर थापा, क्याम्पस प्रमुख टंक भट्टराई लाई साहायक क्याम्पस प्रमुख ज्यु हरुको उपस्थितिमा ज्ञापन पत्र समेत बुझाईएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal