प्यूठान जिल्ला प्रशासन कार्यालय प्यूठानको आयोजनामा महिला हिंसा,बालविवाह न्यूनिकरण तथा लागु औषध नियन्त्रण सम्बन्धी सचेतनामुलक कार्यक्रम सोमबार गौमुखी गाउँपालिकाको ३न. वडा कार्यालय रजवारामा सम्पन्न भएको छ ।
गौमुखी गाउँपालिकाको समन्वयमा भएको कार्यक्रममा जिल्ला प्रशासन कार्यालय प्युठानका प्रमुख जिल्ला अधिकारी रमा आचार्य सुवेदीले अझैपनि समाजमा अन्धबिस्वास तथा बिभिन्न किसिमका हिंसाहरु हुने गरेको भन्दै यसलाई निर्मुल तथा न्यूनीकरणका लागी सबै पक्षको साथ र सहयोग आबश्यकता रहेको बताउनुभयो । उहाँले आत्महत्या धेरै हुने गरेको भन्दै सचेतना मुलक अभियान गाउँ बस्ती सम्म पुर्याउनुपर्ने आवस्यक रहेको छ।”
प्युठानमा बालबिबाह दर बढी रहेकोले शिक्षामा जोड दिनुपर्ने भन्दै , दुर÷दराजमा मदिरा सेवन, अशिक्षा र गरीबिका कारण बिभिन्न किसिमका हिंसाका घटनाहरु हुने गरेको समेत बताउनुभयो ।
गौमुखी गाउँपालिका उपाध्यक्ष महाबिर रानामगरले समाबाट पछाडी पारिएका वर्गहरुको उत्थान र विभिन्न सचेतनामुलक कार्यक्रम गाउँपालिका मार्फत पनि संचालन गर्दै आएको भएपनि पुर्ण रुपमा रोक्न नसकीएको बताउदै एसलाई सामाजिक अभियानका रुपमा सबैले अगाडी बढाउन पर्ने बताउनुभयो।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायब उपरिक्षक दिपेश बस्याल, अनुसन्धान अधिकृत सन्जित कुमार चौधरी, गौमुखी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुल्सिराम पौडेल लगायतको सहभागिता रहेको थियो ।
गौमुखी गाउँपालिका वडा नं. ३ का अध्यक्ष जंग बहादुर पूनको अध्यक्षतामा भएको कार्यक्रममा जनप्रतिनीधी,शिक्षक, बिद्यार्थी र स्थानीय जनसमुदायको सहभागिता रहेको थियो ।