प्युठान फुलबारी सामुदायिक सिकाई केन्द्र र फुलबारी मेला व्यवस्थापन समितिको संयुक्त आयोजनामा प्युठान नगरपालिका १ न. वडाको खैरामा सरसफाइ गरिएको छ।
पुर्णिामाको मेलाको अवसरमा खैराका साबिकका ६,७ र ८ का आमासमूह, स्थानीय बासीको सक्रिय सहभागितामा सरसफाइ गरिएको हो। फोहोर जम्मा हुँदा विभिन्न किसिमका रोग लाग्ने र समाजमा दुर्गन्धित फैलिने भएकोले सरसफाइ गरि सबैलाई सकारात्मक सन्देश प्रवाह भएको बुढाथोकीले बताउनुभयो।
खैरामा रहेका गोरखनाथ मन्दिर , शिव मन्दिर ,पुर्णिामा मेलापरिसर र घरटोल बस्तीमा सरसफाइ कार्यक्रम गरिएको फुलबारी सामुदायिक सिकाई केन्द्रका सहजकर्ता तिला बुढाथोकीले जानकारी दिनुभएको छ।
कार्तिक पुर्णिामामा खैरामा मेलाको आयोजना गर्ने प्रचलन रहेको छ।