शुक्रबार, पुस ४, २०८२

अग्लुङ फेदीमा पक्कीपुलको शिलान्यास

ठुलाबेसी  मदाने गाउँपालिकाको अग्लुङ्गफेदीमा पक्की पुल शिलान्यास गरिएको छ । शनिबार लुम्बिनी प्रदेशका भाैतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल र कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले संयुक्तरूपमा अग्लुङ्गफेदी खाेलामा पक्की पुलकाे शिलान्यास गर्नु भएको हो ।

सडक पुर्वाधार विकास कार्यालय गुल्मी मार्फत  चार कराेड १४ लाख २९ हजार ९ सय ७९ रुपैयाँकाे लगानीमा पुल निर्माण कार्य अघि बढेकाे छ।
प्युठानको गौमुखी गाउँपालिका हुँदै गुल्मी, बाग्लुङ  सडकको लागि उक्त पुलले यातायातका सहजता पर्दान गर्नेछ।

एक बर्ष भित्र पुल निर्माण सम्पन्न गर्ने सम्झौता भएको छ । एम/एस.कमल-अर्जुन-सिटी-जेभी रेसुंगा गुल्मीले आगामी २०८२ मंसिर ८ गते सम्म सम्पन्न गर्ने लक्ष्य राखेकाे छ ।

निर्माण व्यवसायी विजय खनालले भुक्तानि प्रक्रियामा कुनै समस्या नआए निर्धारित समय भन्दा अगाडिनै पुल निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।`भुक्तानीमा कुनै समस्या नआए बैशाख १ गते पुलकाे उद्घाटन गर्न सकिने उल्लेख गर्नुभएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal