सोमवार, माघ ७, २०८१

गौमुखीको अर्खा- रजवारा जोड्ने झोलुङ्गे पुलको शिलान्यास

 

प्यूठान प्युठान गौमुखी गाउँपालिकाको अर्खा – रजवारा जोड्ने अग्लो र लामो झोलुङ्गे पुल निर्माणको लागि बिहिवार शिलान्यास भएको छ । गौमुखी गाउँपालिकाको १ र ३ न. वडा जोड्ने गरी ३६५ मिटर लामो देउराली-लामडाडा झोलुङ्गे पुल निर्माण गर्न लागिएको हो ।

करीब १८० मिटर उचाइमा निर्माण हुने पुलको प्रतिनिधि सभा सदस्य सूर्य थापाले शिलान्यास गर्नुभएको छ । सस्पेन्सन बृज डिभिजन पुल्चोक ललितपुर अन्तर्गत पुल निर्माण हुन लागेको हो ।

पुल निर्माण गर्न अधिकारी/अपर तामाकोसी जेभीले ठेक्का पाएको छ । दुई करोड ७२ लाख ७४ हजार रुपियाँमा ठेक्का सम्झौता भएको सस्पेन्सन बृज डिभिजन पुल्चोक ललितपुरले जनाएको छ । ०८१ जेठमा सम्झौता भएको निर्माणको काम ०८२ मंसिर सम्म सम्पन्न गर्ने गरि सम्झौता भएको कार्यालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?