सोमवार, माघ ७, २०८१

जनता संग राजमो अभियान आज पुजामा, गाउँगाउँमा टोलसमिति बनाइने

प्युठान राष्ट्रिय जनमोर्चा गौमुखी ४ पुजाको भेला गाउँपानीमा सम्पन्न भएको छ। गाउँसमितिका जनता संग राजमो भन्ने अभियान अंतरगत संचालन भएको भेलाको अध्यक्षता राष्ट्रिय जनमोर्चा गाउँसमिति अध्यक्ष शालिकराम शर्माले गर्नुभएको थियोे ।

राष्ट्रिय जनमोर्चा प्युठानका अध्यक्ष ज्ञामुराम न्यौपानेले प्रशिक्षणत्मक मन्तव्य राख्दै सच्चा राजनैतिक पार्टीको सत्ता बिना जनताले सुख पाउन नसक्ने भन्दै जनताको एक क्रान्तिकारी पार्टी राष्ट्रिय जनमोर्चा रहेकोले यसैमा गोलबन्द हुन आग्रह गर्नुभएको थियोे ।

अन्यायको विरुद्ध पुजाका जनता अग्रसर रहने गरेको इतिहास छ त्यसको नेतृत्व राष्ट्रिय जनमोर्चाले गर्ने गरेकोले पुजा गाउँलाई राष्ट्रिय जनमोर्चामय बनाउन सबै कार्यकर्ता लाग्नुपर्ने बताउनुभयो।
काङ्ग्रेस, एमाले जनतामा झुठो आश्वासन बाढ्दै हिन्ने गरेकोले सचेत हुनपर्ने उल्लेख गर्नुभएको थियोे ।

भेलामा राष्ट्रिय जनमोर्चा प्युठानका सदस्य भरत केसीले संगठनात्मक कार्य र आगामी योजनाको बारेमा जानकारी गराउनु भएको थियोे, प्रगतिशील पत्रकार संघका केन्द्रिय सदस्य जुमान सिंह केसीले भेलाको शुभकामना मन्तव्य राख्नु भएको थियोे ।

पार्टीका गाउँ स्तरका नेता कार्यकर्ता हरुको सहभागितामा भएको भेलाले पुजाका विभिन्न गाउँबस्तीमा एहि मंसिर २४ गते देखि पौष ७ गतेसम्ममा १६ वटा टोलसमिति गठन गर्ने निर्णय गरेको छ। टोलबस्तीमा समिति निर्माणको लागी नेताकार्यकर्तालाई जिम्मेवारी समेत दिएको राष्ट्रिय जनमोर्चा गौमुखी पार्टी सचीव कृष्ण प्रसाद जैसीले बताउनुभयो।

राष्ट्रिय जनमोर्चा गौमुखी पालिका समितिको निर्णय अनुसार गौमुखी गाउँपलिकाको सबै वडा तथा गाउँबस्तीमा जनताको घरदैलो अभियान , संगठन निर्माण र भ्रष्टाचार विरुद्ध सचेतना, देशको वर्तमान अवस्था लगाएत बिषयमा जनतालाई शु- सुचित गराउने उदेश्य रहेको राष्ट्रिय जनमोर्चाले जनाएको छ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?