सोमवार, माघ ७, २०८१

गौमुखी सहित विभिन्न स्थानीय तहमा अपाङ्गता दिवस मनाइयो

प्युठान अपाङ्गता भएका व्यक्तिहरुको ३३ औ अन्र्तराष्ट्रिय अपाङ्ग दिवस “समावेशि तथा दिगाे भविष्यकाे पूर्वाधार, अपाङ्गता भएका व्यक्त्तिहरूकाे प्रवल नेतृत्व यसकाे आधार” भन्ने नारा साथ आज प्युठानका विभिन्न स्थानीय तहमा मनाइएको छ।
गौमुखी गाउँपालिकाको सभाहलमा अपाङ्गताको सवालमा अंतरकृया कार्यक्रम गरि मनाइएको हो।

अंतरकृया कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका लुम्बिनी प्रदेश सचिवालय सदस्य जुमान सिंह केसीले अपाङ्गता भएका ब्यक्ति अझैपनि समाजको मुलधारमा आउन नसकेको बताउनुभयो “उहाँले भन्नुभयो राज्यले प्रदान गर्ने सेवा सुबिधा अधिकार सहज रुपमा उपभोग गर्न नसकेको अवस्था छ” अझै पनि गाउँसमाजमा अपमान र अपशब्द भोग्नुपरेको बताउनुभयो।

प्युठान जिल्लाका विभिन्न स्थानीयतह र कतिपय वडा तहमा पनि दिवस मनाइएको छ।
राष्ट्रिय अपाङ्ग सेवा संघ प्युठानको आयोजनामा सदरमुकाम खलंगामा दिवस मनाइएको हो। प्युठान सहित देशभरी विभिन्न कार्यक्रमको आयोजना गरि दिवस मनाइएको छ।

अपाङ्गता भएका ब्यक्तिक अधिकार ऐन २०७५ र नियमावली रहेको भए पनि प्रभावकारी कार्यनयन हुन नसक्दा समस्या भएको अपाङ्गता भएका ब्यक्तिले गुनासो गरेका छ्न साथै अपाङ्गता मैत्री संरचना छैनन, सोच र ब्याभार पनि नकारात्मक हुदा समस्या भएको उनिहरुको गुनासो छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?