सोमवार, माघ ७, २०८१

गौमुखीमा निशुल्क विशेषज्ञ मानसिक स्वास्थ्य शिविर सप्पन्न

प्युठान  गौमुखी गाउँपालिकाको  पुजा स्वास्थ्य चौकी लिवासेमा  मानसिक समस्या भएक बिरामीको लागि निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर गरिएको छ।

गौमुखी गाउँपाइकाको ०८१/०८२ को वार्शिक स्वीकृत कार्यक्रम अंतरगत बुधवार पहिलो चरणको सिबिर संचालन गरिएको स्वास्थ्य शाखा प्रमुख हरि प्रसाद जैसीले बताउनुभयो।
यस अर्थिक वर्षमा ३ वटा शिविर संचालन गर्ने योजना रहेको समेत जैसीले बताउनुभयो।

नंया  तथा पुराना मनसिक रुपमा समस्या भएका ब्याक्तिलाई उपचार गरिएको उहाको भनाइ छ।
गतवर्ष पनि मानसिक समस्या भएका ब्यक्तिलाई लक्ष्यित गरि शिविर सन्चालन गरिएको हो।

आर्थिक रुपमा कमजोर, बिपन्न तथा अस्पतालको पहुँच पुग्ननसकेका बिरामीको संख्या गाउँपाइकामा बढ्दो छ त्यसैले पालिकामै  शिविरको आयोजना गरिएको गौमुखी गाउँपालिका उपाध्यक्ष महावीर रानाले बताउनुभयो।

गौमुखी ४ कि रिमा बिकले ३/४ वर्ष अगाडी देझी आफू मानसिक समस्याको कारण टाउको दुख्ने, रिंगटालाग्ने, निद्रा नलाग्ने र आफ्नाबाटै हिड्ने बाटोघाटोमै रात गुजरेको सम्झ्दै अहिले उपचार र नियमित औसधि सेवनका कारण धेरै हद सम्म निको भएको बताउनुभयो।

गौमुखी ५ कि सावित्रा केसीले निद नलाग्ने, एकान्त बस्नमन लाग्ने, सुत्नमन नलाग्ने, टाउको धेरै दुख्ने जस्ता समस्याले आफू पीडित भएको र गतवर्ष देखि गाउँपालिकाले शिविरमा उपचार पाएको कारण आफुलाई तेस्तो समस्या घट्दै गएको बताउनुभयो ” उहाँले भन्नुभयो उपचार पाय निको हुदो रहिछ”।

त्यस्तै गौमुखी ७ नारिकोटकि पार्वती बिकले आफू मानसिक रुपमा धेरै समस्या देखिएको थियो कसैको कुरा सुन्न, बोल्नमन लाग्ने थियन मनमा नकारात्मक कुरामात्र आउथ्यो मनमा पुरै निरासा छाउथ्यो तर आफ्नै गाउँठाउमा विशेषज्ञ डाक्टरबाट उपचार पायौं, औसधिमुलो पायौं अहिले पुरा निको भएको छ” सायद समयमै उपचार नपाएको भए अहिले सम्म कुन अवस्थामा पुगिन्त्यो होला”।
गौमुखी गाउँपालिकामा धेरै मनसिक समस्या भएका बिरामीको तथ्यांक रहेको गाउँपालिकाले जनाएको छ।

शिविरमा जिल्ला अस्पताल प्युठानका मानसिक तथा मनरोग विशेषज्ञ डा.आभास योगी, मेडिकल अधिकृत नवीन पोख्रेलले चेकजाच गर्नुभएको र बिरामीलाई चिकित्सकको सल्लाहअनुसार  निशुल्क औसधि वितरण गरिएको  स्वास्थ्य शाखाका जनस्वस्थ निरीक्षक केशव बहादुर केसीले जनाकारी दिनुभएको छ।

एकदिने स्वास्थ्य शिविरमा पुराना फलोअप र नयाँ आएका ९८ जना बिरामीले चेकजाँचतथा उपचार पाएको गाउँपालिकाले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?