आइतवार, फाल्गुन ३, २०८२

अखिल नेपाल शिक्षक संघ गाैमुखी गाउँपालिकाकाे तेस्रो अधिवेशन सम्पन्न

प्युठान अखिल नेपाल नेपाल शिक्षक संघ गौमुखी गाउँपालिकाको तेस्रो अधिबेशन ठुलाबेसीमा शनिबार सम्पन्न भएको छ।
अधिबेशनको प्रमुख अतिथि अखिल नेपाल शिक्षक संघका केन्द्रीय महासचिव चक्रपाणी पौडेलले उद्घाटन गर्नुभएको थियोे ।

नेकपा मसालका लुम्बिनी प्रदेस प्रवक्ता तिलक जि.सी., राष्ट्रिय जनमाेर्चा प्युठानका अध्यक्ष ज्ञामुराम न्याैपाने,राष्ट्रिय जनमाेर्चा जिल्ला सचिवालय सदस्य भरत के.सी.,अखिल नेपाल शिक्षक संघ प्युठानका अध्यक्ष अर्जुन बहादुर के.सी.,पुर्व अध्यक्ष शिद्विमान जि.सी.,उपाध्यक्ष डम्बर सिह जि.सी.,सचिव धुर्व गिरी लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियोे ।

अधिवेशनले बल बहादुर वि.क.काे अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरेको छ।जसकाे उपाध्यक्षमा झगु गिरी,सचिवमा कबि के.सी.,काेषाध्यक्षमा विमला घिमिरे र सदस्यमा पित्रीभक्त रिजाल,कुलदिप बि.क.,गुरु प्रसाद पाेखरेल,विष्णा राेका र निर्मला के.सी. रहनु भएको छ।त्यस्तै सल्लाहकारमा नारायण जि.सी. र उपेन्द्र न्याैपाने रहनु भएको छ।

अधिवेशनमा नवनिर्वाचित समितिलाई युवा नेता गाैमुखी ५ का वडाध्यक्ष बरुणध्वज मल्लले बधाई तथा सफलताकाे शुभकामना र नवनिर्वाचित अध्यक्ष बि.क.ले प्रतिबद्वता ब्यक्त गर्नु भएको थियाे।
अधिबेशनमा उपेन्द्र प्रसाद न्याैपानेकाे अध्यक्षता, बल बहादुर बि.क.काे स्वागत मन्तव्य र कवि के.सी.काे संचालनमा भएको अखिल नेपाल शिक्षक संघ गौमुखीले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal