आइतवार, चैत्र २, २०८१

सरुमारानीका वडातहमा अपाङ्गता सम्बन्धि अभिमुखीकारण कार्यक्रम

प्युठान ।  सरुमारानी गाउँपालिकाको आयोजनामा अपाङ्गता सम्बन्धि वडा स्तरीय अभिमुखीकारण तथा संजाल गठन कार्यक्रम सम्पन्न भएको छ।

सरुमारानी गाउँपालिकाको ३,४ र ५ न. वडाका अपाङ्गता भएका ब्यक्तिलाई गाउँपालिका सभाहलमा अभिमुखीकरण कार्यक्रम गरिएको हो।
अन्य  वडाहरुमा पुगेर अपाङ्गता सम्बन्धि अभिमुखीकरण कार्यक्रम गरिएको छ। कार्यक्रमको अवसरमा वडा स्तरीय अपाङ्गता संजाल समेत गठन गरिएको महिला बालबालिका तथा जेष्ठ नगरिक शाखा प्रमुख अन्जु भाटले बताउनुभयो।

गाउँपालिकाको आव ०८१/०८२ को बार्षिक कार्यक्रम अन्तरगत अभिमुखीकरण कार्यक्रम र संजाल गठन गरिएको शाखा प्रमुख भाटले बताउनुभयो।

गाउँपालिका र वडा तहमा गरि ४ दिन सम्म संचालन गरिएको कार्यक्रमको सहजीकरण राष्ट्रिय अपाङ्ग महासंघ लुम्बिनी प्रदेशका सचिवालय सदस्य जुमान सिंह केसीले गर्नुभएको थियो।

अभिमुखीकरण कार्यक्रममा अपांगता केहो, अपाङ्गताको प्रकार, अपाङ्गता हुने अवस्था र कारण,अपाङ्गता सम्बन्धि बनेका ऐननियम, सेवासुबिधा, अपाङ्गता भएका ब्यक्तिको अवस्था र अपाङ्गता संजाल गठनको उदेश्यमा छलफल भएको राष्ट्रिय अपाङ्ग महासंघ नेपाल  लुम्बिनी प्रदेशका सचिवालय सदस्य तथा प्रशिक्षक जुमान सिंह केसीले बताउनुभयो।

कार्यक्रममा सहभागी अपाङ्गता भएका ब्यक्तिले राज्यले प्रदान गर्ने सेवा सुबिधा सहजरुपमा पाउन नसकेको, यातायातमा छुट नपाएको, अपाङ्गता भएका ब्यक्तिको सवालमा अझै सरकार गम्भीरहुन नसकेको गुनासो गरेको गाउँपालिका संजालका अध्यक्ष खोपिराम ठेडिमगरले बताउनु भयो।

उहाँले वडातहमा पुगेर अपाङ्गता भएका ब्यक्तिको प्रत्यक्ष गुनासो, संजाल गठनले उनीहरुको आवस्यकता पहिचान गरि आगामी कार्यक्रम गर्न सम्बन्धित निकायमा पहल गर्न सजिलो हुने बताउनुभयो।

वडा स्तरीय कार्यक्रमको पहिलोदिन  उद्घाटन गाउँपालिका उपाध्यक्ष बसन्ता खड्काले गर्नुभएको हो। उहाँले अपाङ्गता भएका ब्यक्तिको सवालमा गाउँपालिका साथमा रहेको बताउनु भएको थियोे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?