सोमवार, बैशाख २९, २०८२

मल्लरानी तेस्रो खाना महोत्सव सम्पन्न, करिब दश हजारले गरे अवलोकन

प्यूठान तेस्रो मल्लरानी खाना महोत्सव बैशाख २ गते सम्पन्न भएको छ। महोत्सवमा दर्शक भरिभराउ भएका थिए । नयाँ वर्षको दिन जिल्लाका बिभिन्न ठाउँबाट महोत्सव अबलोकन गर्न दर्शक पुगेका थिए ।

महोत्सवको दोस्रो र तेस्रो दिन कलाकार प्रचण्ड जिसी, नारायणी खत्री, बबिता गुरुङ र रितु थापाको प्रस्तुति रहेको थियो । त्यस्तै तेस्रोदिन सन्दिप न्यौपाने र सम्झना रणपालको प्रस्तुति रहेको थियो भने स्थानीय कलाकार तथा नृत्य प्रस्तुत भएको हो।

प्युठान उद्योग वाणिज्य संघ मल्लरानी बजार क्षेत्रले आयोजना गरेको महोत्सवमा बिभिन्न सरकारी, गैर सरकारी, निजी क्षेत्रले सहयोग गरेका छन । महोत्सवको अवसरमा बिशेष छुटमा जिपलाईन समेत संचालन गरिएको छ ।

पहिलो दिन पानी परेको कारण केही प्रभावित भए पनि दोस्रो र तेस्रोदिन कार्यक्रममा जनमानस उल्लेखनीय सहभागिता रहेको मल्लरानी बजार क्षेत्रका अध्यक्ष भरत कुमार श्रेष्ठले बताउनुभयो।
उहाँले समग्र मल्लरानीको सकारात्मक प्रचारप्रसार भएको, स्थानीय खानाको परिकार तथा स्थानीय उत्पादन बस्तुको बजारीकरण र प्रबर्द्धन भएको बताउनुभयो।

समापन कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेशसभा सदस्य तुल्सीराम शर्मा विशेष अतिथि जिल्ला समन्वय समिति प्युठानका प्रमुख धरम बहादुर जिसी रहनु भएको थियो।
समापन कार्यक्रममा सहयोगी दाताहरुलाई सम्मान तथा प्रसंशापत्र प्रदान गरिएको हो।

कार्यक्रममा १० हजार भन्दा धेरैले अवलोकन गरेको र ३ दिन सम्म संचालित महोत्सवमा करिब ५० लाख बराबरको कारोबार भएको आयोजकले जनाएको छ।
कार्यक्रमलाई मल्लरानीमा नयाँवर्षको अवसरमा निरंतरता दिइएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?