
प्युठान । गौमुखी गाउँपालिकाले तिहार नजिकिदै गर्दा बजार अनुगमन गरेको छ।
उपभोक्ता हित संरक्षण समिति तथा अनुगमन समितिका संयोजक माहाबीर रानामगरको नेतृत्वमा बजार अनुगमन गरिएको हाे।
गौमुखी गाउँपालिकाको मुख्य बजार ठुलाबेसी, लिवासेमा अनुगमन गरिएको छ ।
अनुगमनमा दैनिक उपभोग्य सामग्री, अखाद्य बस्तुको बिक्री वितरण अवस्था, व्यावसाय दर्ता नवीकरण भए नभएको बारेमा बुझिएको गाउँपालिकाका सुचना अधिकारी दुर्गा सुबेदीले बताउनुभयो।
अनुगमनका क्रममा फाट्टफुट्ट रुपमा सिमा नाघेका बस्तु भेटिएकोमा सचेत गराइएको, व्यावसाय दर्ता तथा नवीकरण गर्न बाकी रहेका र ब्यवसाय दर्ता प्रक्रिया गर्नेबारे परामर्श समेत गरिएको सुबेदीले जानकारी दिनुभयाे ।
दशै तिहार जस्ता महत्त्वपूर्ण पर्वहरुमा आम उपभोक्ताको हितलाई ध्यानमा राखेर अखाद्य तथा मिसावट बस्तुहरुको प्रयोग तथा बिक्रीवितरणमा रोक लगाउने उदेश्य सहित अनुगमन गरिएको गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक महावीर राना मगरले बताउनुभयो।
उहाँले बजार अनुगमनलाई निरंतरता दिइने समेत जानकारी दिनुभएको छ।
अनुगमनमा उद्योग बाणिज्य संघका बजार अध्यक्ष कमला पोख्रेल, गाउँपालिका सुचना अधिकारी दुर्गा सुवेदी,पत्रकार जुमान सिंह केसी, इलाका प्रहरी कार्यालयका प्रतिनिधि लगाएतको सहभागीता रहेको थियो।