सोमवार, फाल्गुन ११, २०८२

गौमुखीको ठुलाबेसीमा ९१ जनाले निशुल्क स्वास्थ्य सेवालिए

प्युठान गौमुखीको ठुलाबेसीमा दशै तिहार बिशेष खेलकुद तथा सास्कृतिक कार्यक्रमको अवसरमा ९१ जनाले निशुल्क स्वास्थ्य सेवा लिएकाछ्न।
शनिबार एक दिन संचालन भएको शिविरमा निशुल्क स्वास्थ्य परिक्षण, सुगर, प्रेसर चेकजाच, निशुल्क औसधि वितरण र परामर्श गरिएको डा.सुवास जिसीले जानकारी दिनुभएको छ।

ठुलाबेसी सामुदायिक बिकास मञ्चको समन्वयमा निमतारा पोलि क्लिनिक बिजुवारले निशुल्क स्वास्थ्य सेवा दिएको हो।
डा. सुवास जिसीको नेतृत्वमा आएको टोलीले बिरामीलाई सेवा दिएको छ।
निमतारा पोलि क्लिनिकले ठुलाबेसी सामुदायिक बिकास मञ्चका आजिवन सदस्यलाई ल्याब सेवामा आजिवन २० प्रतिशात छट दिने पोलि क्लिनिक संचालक डा. सुवास जिसीले घोषणा गर्नुभएको छ।
ठुलाबेसी सामुदायिक बिकास मञ्चले आयोजना गर्ने कार्यक्रममा बिगत देखि शिविर संचालनमा सहकार्य गर्दै आएको संस्थाका अध्यक्ष केशव बहादुर केसीले बताउनुभएको छ। उहाँले गौमुखी गाउँपालिका स्वास्थ्य सेवाको पहुँच सबैमा पुग्न नसकेकोले बिपन्न तथा दुर्गमका नागरिकलाई सहजताको लागि समन्वय गर्दै आएको भनाइ छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal