शनिबार, कार्तिक २, २०८२

गौमुखी ठुलाबेसीमा दशै तिहार बिशेष सास्कृतिक कार्यक्रम सुरु

प्युठान गौमुखीको ठुलाबेसीमा दशै तिहार बिशेष खेलकुद तथा सास्कृतिक कार्यक्रम कुरिलाचौर खेलमैदानमा शनिबार देखि संचालन भएको छ।

“कला सस्कृतीमा हामी सबैको एकता,स्वास्थ्यका लागि खेलकुद हाम्रो निरन्तरता” भन्ने नारा सहित कार्यक्रम संचालन हुन लागेको हो।
ठुलाबेसी सामुदायिक बिकास मञ्चका अध्यक्ष केशव बहादुर केसीको अध्यक्षता रहेको कार्यक्रमको प्रमुख अतिथि गौमुखी गाउँपालिकाका अध्यक्ष बिष्णु कुमार गिरी रहनु भएको थियोे ।
अध्यक्ष गरीले कार्यक्रमको उद्घाटन गर्नु भएको हो।

बिगतका वर्षहरु जस्तै यस वर्ष पनि कार्यक्रम निरन्तरता गरिएको मञ्चका अध्यक्ष केशव बहादुर केसीले बताउनुभयो।

कार्यक्रममा वडा स्तरीय खुल्ला पुरुष प्रतियोगिता,निशुल्क स्वास्थ्य शिविर, स्लो बाइक रेस, खुल्ला लोकनृत्य प्रतियोगिता,महिला रस्साकस्सा तथा घैटोफोर कार्यक्रम,बालबालिका चम्चा दौड तथा जेष्ठ नागरिक कुर्चीदौड प्रतियोगिता र स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति रहने संस्थाका सस्थापक अध्यक्ष रबि चन्दले बताउनुभयो।

उद्घाटन कार्यक्रममा प्युठान उधोग बाणिज्य संघका पुर्व अध्यक्ष ज्ञामुराम न्यौपाने, वडा अध्यक्षहरु, राजनैतिक पार्टीका प्रतिनिधि, संघ संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो।

संस्थाका सचिव कवि केसीले संचालन गर्नु भएको कार्यक्रममा उपाध्यक्ष अशिम न्यौपानेले स्वागत मन्तव्य राख्नु भएको हो।कार्तिक एक गते देखि संचालन भएको कार्यक्रम तीन दिन सम्म संचालन हुँदै छ। वडा स्तरीय खुल्ला पुरुष भलिबलमा बाग्लुङ, रोल्पा र प्युठानका खेलाडी गरि १९ टिम दर्ता भएको आयोजकले जनाएको छ।
गौमुखी गाउँपालिकामा बिशेषगरि भलिबल खेल चर्चामा रहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?