शनिबार, साउन १२, २०८१

आज एकैदिनमा ३५ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा गएको २४ घण्टामा तीन हजार ५३६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

१२ हजार ४०० जनाको पीसीआर परीक्षण गर्दा ३४ सय ४२ र एन्टिजेन विधिबाट ८९३ को परीक्षण गर्दा ९४ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ३ लाख ३ हजार ५६१ पुगेको छ ।

मन्त्रालयले गएको २४ घण्टामा १२ जनाको ज्यान गएको जनाएको छ । यो सहित मृतकको संख्या तीन हजार १७६ पुगेको छ ।

कोरोना भाइरसको हटस्पट बनेको काठमाडौँमा एकै दिन १५ सय ६७ जना संक्रमित भेटिएका छन् । त्यस्तै, ललितपुरमा २२३ र भक्तपुरमा १२२ जना संक्रमित फेला परेका छन् । त्यस्तै बाँकेमा ३०७ जना संक्रमित थपिएका छन् ।

यही अवधिमा थप ३७८ जना निको भएका छन् । नेपालमा हालसम्म निको हुनेको सङ्ख्या २ लाख ७७ हजार ९५१ रहेको छ ।

देशभर २२ हजार ४३४ जना सक्रिय सङ्क्रमित रहेका छन् जसमध्ये होमआइसोलेसनमा २० हजार ५३५, संस्थागत आइसोलेसनमा १ हजार ८९९, आईसीयूमा २६८ र भेन्टिलेटरमा ७९ रहेको स्वास्थ मन्त्रालयले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal