शनिबार, साउन १२, २०८१

आजैदेखी प्रि-मनसुन सुरु हुने चट्याङ्ग र असिना पानीको सम्भावना

आजैदेखी प्रि-मनसुन सुरु हुने चट्याङ्ग र असिना पानीको सम्भावना
फाल्गुन १७
मौसम पूर्वानुमान महाशाखाले आजदेखि प्रि-मौसम सुरु भएको जानकारी दिएको छ ।

महाशाखाले सोमबार जारी गरेको सूचनाका अनुसार आजदेखि जाडोयाम सकिएर प्रि मनसुन सुरु भएको हो ।

महाशाखाले यो सिजनमा अपरान्ह र साँझतिर मेघगर्जन, चट्याङ्ग, हावाहुरी र असिना पानी पर्न सक्ने सम्भावना रहेको जनाएको छ ।

यस्तो मौसममा मेघगर्जन,चट्याङ्ग,हावाहुरी र असिना पानीबाट हुने सक्ने क्षतिबाट जोगिन आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध समेत गरेको छ ।

यसैगरी, आजको मौसमको पूर्वानुमानबारे जानकारी दिँदै महाशाखाले दिउँसो प्रदेश १, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागहरुमा आंशिक बदली र बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहने जानकारी दिएको छ । भने प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
यसैगरी, आज राति प्रदेश १, गण्डकी र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागहरुमा आंशिक बदली र बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहने छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal