बिहिबार, चैत्र १५, २०८०

चार दलले भने : लुम्बिनी प्रदेश सरकारको लाचारीका कारण अवस्था भयाबह

  •  लुम्विनी प्रदेशमा क्रियाशील चार राजनीति दललले प्रदेश सरकारको लाचारीपनका कारण कोरोनाको भयावह अवस्था आएको बताएका छन् । शुक्रवार संयुक्त विज्ञप्ति प्रकाशित गरी राष्ट्रिय जनमोर्चा समेतका दलहरुले दोस्रो चरणको माहामारीका कारण जनजीवन भयावह अवस्थामा पुगेको बताउँदै तत्काल व्यवस्था गर्न सक्ने सेवाहरुलाई यथाशीध्र प्रवाह गर्न ध्यानकर्षण गराएका छन् ।
  • राजमो सांसद तारा जिसी, नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता तथा पूर्वमन्त्री कूलप्रसाद केसी, नेपाली कांग्रेसका प्रमुख सचेतक फकुरुद्धिन खान र जसपा नेपालका सचेतक पुर्मती ढेंगामगरद्वारा जारी विज्ञप्तिमा संक्रमितहरु सामान्य अक्सिजन समेत नपाएर मर्न बाध्य भएका घटनाले गम्भीर बनाएको उल्लेख छ ।

मुख्यमन्त्री शंकर पोखरेललाई आईसीयू वेड, भेन्टीलेटर र अक्सिजनको व्यवस्था गर्नुपर्ने ठाउँमा दुई दिनमा ४ जनालाई स्वास्थ्यमन्त्री फेरबदल गरी मन्त्रीपद बाँड्नमा व्यस्त रहेको दलहरुले आरोप लगाएका छन् ।

अहिलेको अवस्था आउनुमा लुम्बिनी प्रदेश सरकारको लाचारीपना, लापरबाही र असक्षमता भएको ठहर गठबन्धन दलले गरेको छ ।
‘यो जनताप्रतिको असंवेदनशीलता र लापरबाहीको घोर विरोध गर्दै मृतकहरु प्रति हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दछौ र संक्रमित बिरामीहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै लुम्बिनी प्रदेश सरकारले तत्काल व्यवस्था गर्न सक्ने तपसिलका सेवाहरु उपलब्ध गराउन ध्यानाकर्षण गराउंदछौं’ विज्ञप्तिमा भनिएको छ ।

गठबन्धन दलले सबै सरकारी जिल्ला स्तरका अस्पताल नेपालगञ्जको प्रहरी र आर्मी अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गरी ८५० एचडीयू वेड निर्माण गर्न, बुटवल, नेपालगञ्ज र दाङको भयावह अवस्थालाई मध्यनजर गरी देवदह मेडिकल कलेज वा क्रिमसिन अस्पताल, कोहलपुर मेडिकल कलेजलाई पुर्ण कोभिड अस्पतालको रुपमा रुपान्तरण गरी तत्काल ३५० आईसियु वेड र भेण्टीलेटरको व्यवस्था गर्न प्रदेश सरकारको ध्यानकर्षण गराएका छन् ।

त्यसैगरी दाङको वेलझुण्डीमा रहेको आयुर्वेद शिक्षण अस्पताललाई पूर्ण कोभिड अस्पतालमा रुपान्तरण गरी १५० वेड विस्तार गरी ३० वेडको आईसीयू निर्माण गर्न, लुम्बिनी प्रदेशमा रहेका सबै अक्सिजन प्लान्टहरुमा विद्युत आपुर्ति सहित मर्मत संहार गरी सिलिण्डरको व्यवस्थासहित सञ्चालन गर्न ध्यानकर्षण गराईएको छ ।

प्रदेशमा रहेका अक्सिजन खपत गर्ने उद्योगहरुको अक्सिजन सिलिण्डर केन्द्रित गरि अस्पताल प्रयोजनको लागि परिचालन गर्न आग्रह गरिएको छ ।

विज्ञप्तिमा गत वर्षको कोभिड व्यवस्थापनको लागि स्वीकृत गरिएको स्वास्थ्यकर्मीको ५८३ दरबन्दी अपर्याप्त रहेको हुंदा कम्तिमा १२०० स्वास्थ्यकर्मीको दरबन्दीको व्यवस्था तत्काल गर्न, नेपाल सरकारको छात्रवृत्तिमा पढिरहेका पिजि डक्टरहरु लगायतका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कोभिड महामारीमा परिचालन गर्नुपर्ने उल्लेख गरिएको छ ।

विगतमा सञ्चालन गरिएका सबै आईसोलेशन अस्पतालहरुलाई न्युनतम अक्सिजन सहितको १५ सय वेड निर्माण गर्न भारतबाट नेपाल भित्रिने नेपाली नागरिकहरुको व्यवस्थापन गर्न नाकामै चेकजांचको व्यवस्था र आइसोलेशन सेन्टरको स्थापना गरि संक्रमितहरुलाई त्यही उपचारको व्यवस्था गर्न र अस्पतालमा भर्ना भएका कोरोना संक्रमित विरामीहरुको खानाको व्यवस्था निशुल्क गर्न समेत विज्ञप्ति मार्फत ध्यानकर्षण गराईएको छ ।

गठबन्धन दलले गठवन्धन दलका प्रदेश सभा सदस्य हरुलाई १२ वटै जिल्लाहरुको अस्पतालहरु र संक्रमितहरुको अवस्था अनुगमन गर्न खटाएको जनाएको छ । पार्टीका नेता, कार्यकर्ता र समर्थकहरुलाई सतर्कता अपनाउँदै कोरोना संक्रमितहरुको सेवामा जुट्न आव्हान गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal