शनिबार, साउन १२, २०८१

महामारीबाट जनताको जीवनरक्षा राज्यको प्रमुख दायित्व -प्रदेश सांसद तारा जिसी

बुटवल अस्पतालहरूमा महामारी लगायत अन्य विमारीकाे उपचारमा राम्रो ब्यवस्था नभएको गुनासो राख्न सांसद तारा जिसी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री मा०भाेज प्रसाद श्रेष्ठको कार्यकक्षमा पुग्नुभएकाेछ। भालुवाङकामहामारीबाट जनताको जीवनरक्षा राज्यको प्रमुख दायित्व -जिसी

बुटवल बैसाख २५ गते । अस्पतालहरूमा महामारी लगायत अन्य विमारीकाे उपचारमा राम्रो ब्यवस्था नभएको गुनासो राख्न सांसद तारा जिसी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री मा०भाेज प्रसाद श्रेष्ठको कार्यकक्षमा पुग्नुभएकाेछ। भालुवाङका भूपू गाेर्खा सैनिक संगठनका अध्यक्ष प्रसिद्ध समाजसेवी ८२ बर्षिय टीका बहादुर जिएम हिजो दिनभरि अक्सिजन सहितको आईसियु खाेज्न रूपन्देहीका सानाठूला सबै अस्पताल पुग्दा पनि सम्भव नभएको रात्री देवदह मेडिकलले केही समय व्यवस्था गरेपनि आज फेरि त्यहाबाट हटाएकाे बुझिएको छ ।

याे अवस्था प्रदेशकाे स्थाइ राजधानीका जनताकाे छ भने अन्यकाे अवस्था कस्ताेहाला? सहजै बुझ्न सकिन्छ । प्रदेश भरका जनताले अक्सिजन अभावकाे कारण ज्यान गमाउनु परेकाेले तत्काल समस्याको निराकरण गर्न माग गर्दै त्यसबारे सरकारको पहल र प्रगतिकाे समेत जानकारी लिनु भएको छ।

शनिबार पनि कार्य मा खटिनु भएका स्वास्थ्य मन्त्रीले सबै जिल्लाका प्रजिअ हरूले मन्त्रालयका सचिव वा रूपन्देही प्रजिअ लाई सम्पर्क गरि अस्पतालमा रहेका अक्सिजनका खाली सिलिन्डरहरू तत्काल फिलिङ गर्ने (भर्ने) ब्यवस्था गरेको बताउनुभयो । प्युठान जिल्ला अस्पतालमा सिलिन्डर अभाव बारे त्यहाका प्रजिअलाई सम्पर्क गर्दा खाली सिलिन्डर भैरहवा पठाएपनि फिलिङकाे व्यवस्था अझैसम्म नभएको गुनासो गरेपछि पुन:तत्काल फिलिङ गराउन पहल गरिएको छ।

राज्यको तर्फबाट अक्सिजनकाे कमि नभएको पटकपटक भनिए पनि अवस्था सहजछैन।भैरहवामा खाली सिलिन्डर फिलिङ गर्न आएका गाडीहरूकाे चाप भएको बुझिएको छ।बन्दावन्दी काे कारण गाडी स्टाफहरू भाेकै प्यासै दिनरात क्यू मा बस्न बाध्य छन्। राज्य संचालकहरूले भनेझैं अक्सिजनकाे अभाव छैन भने यस्ताे अव्यवस्था किन भैरहेको छ?प्रयाप्त भएर पनि व्यवस्थापन गर्न नसकिएको हाे?

वा जनता महामारीले ग्रस्त भैरहेको वेला पनि फाईदा,घाटा,कमिशनमा राज्य संचालकहरू अल्मल भएको हाे?प्रदेशका सबै जिल्लामा अक्सिजनकाे अभावले आम जनता त्राही त्राही छ।राज्यको जिम्मा लिएकाहरूले राज्यका सबै संयन्त्रहरू परिचालन गरि याे अभाव समाप्त गर्न र अन्य सबै जनप्रतिनिधि, समाजसेवी,संघ,संस्थाहरूले जनताको जिवनरक्षाकाे लागि अझै व्यवस्थित प्रकारले कार्य गर्न जरुरी छ। सम्बन्धित सबै पक्षकाे ध्यान जाओस्।

धन्यवाद भूपू गाेर्खा सैनिक संगठनका अध्यक्ष प्रसिद्ध समाजसेवी ८२ बर्षिय टीका बहादुर जिएम हिजो दिनभरि अक्सिजन सहितको आईसियु खाेज्न रूपन्देहीका सानाठूला सबै अस्पताल पुग्दा पनि सम्भव नभएको रात्री देवदह मेडिकलले केही समय व्यवस्था गरेपनि आज फेरि त्यहाबाट हटाएकाे बुझिएको छ ।याे अवस्था प्रदेशकाे स्थाइ राजधानीका जनताकाे छ भने अन्यकाे अवस्था कस्ताेहाला? सहजै बुझ्न सकिन्छ ।

प्रदेश भरका जनताले अक्सिजन अभावकाे कारण ज्यान गमाउनु परेकाेले तत्काल समस्याको निराकरण गर्न माग गर्दै त्यसबारे सरकारको पहल र प्रगतिकाे समेत जानकारी लिनु भएको छ। शनिबार पनि कार्य मा खटिनु भएका स्वास्थ्य मन्त्रीले सबै जिल्लाका प्रजिअ हरूले मन्त्रालयका सचिव वा रूपन्देही प्रजिअ लाई सम्पर्क गरि अस्पतालमा रहेका अक्सिजनका खाली सिलिन्डरहरू तत्काल फिलिङ गर्ने (भर्ने) ब्यवस्था गरेको बताउनुभयो ।

प्युठान जिल्ला अस्पतालमा सिलिन्डर अभाव बारे त्यहाका प्रजिअलाई सम्पर्क गर्दा खाली सिलिन्डर भैरहवा पठाएपनि फिलिङकाे व्यवस्था अझैसम्म नभएको गुनासो गरेपछि पुन:तत्काल फिलिङ गराउन पहल गरिएको छ। राज्यको तर्फबाट अक्सिजनकाे कमि नभएको पटकपटक भनिए पनि अवस्था सहजछैन।भैरहवामा खाली सिलिन्डर फिलिङ गर्न आएका गाडीहरूकाे चाप भएको बुझिएको छ।

बन्दावन्दी काे कारण गाडी स्टाफहरू भाेकै प्यासै दिनरात क्यू मा बस्न बाध्य छन्। राज्य संचालकहरूले भनेझैं अक्सिजनकाे अभाव छैन भने यस्ताे अव्यवस्था किन भैरहेको छ?प्रयाप्त भएर पनि व्यवस्थापन गर्न नसकिएको हाे?वा जनता महामारीले ग्रस्त भैरहेको वेला पनि फाईदा,घाटा,कमिशनमा राज्य संचालकहरू अल्मल भएको हाे?प्रदेशका सबै जिल्लामा अक्सिजनकाे अभावले आम जनता त्राही त्राही छ।

राज्यको जिम्मा लिएकाहरूले राज्यका सबै संयन्त्रहरू परिचालन गरि याे अभाव समाप्त गर्न र अन्य सबै जनप्रतिनिधि, समाजसेवी,संघ,संस्थाहरूले जनताको जिवनरक्षाकाे लागि अझै व्यवस्थित प्रकारले कार्य गर्न जरुरी छ। सम्बन्धित सबै पक्षकाे ध्यान जानुपर्छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal