शनिबार, साउन १२, २०८१

सवारी लगायत राजश्व नागरिक एपबाट तिर्न मिल्ने व्यवस्था गरिँदै

काठमान्डौ :  सरकारले सबै किसिमका करहरु नागरिक एपबाट तिर्न मिल्ने व्यवस्थाको तयारी थालेको छ।यही आर्थिक वर्षदेखि सवारी साधनको राजश्व तिर्ने तथा नवीकरण शुल्क एपमार्फत तिर्न मिल्ने व्यवस्था गरिने तयारी गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव एंव प्रवक्ता शोभाकान्त पाण्डेले बताए।

‘हामीले सकेसम्म धेरै सुविधाहरु यहि आर्थिक वर्षभित्रदेखि नै सुरु गर्ने तयारी गरेका छौँ। तर प्राविधिक कुरा हो। हेरौँ केही समय पनि लाग्न सक्छ,’ सहसचिव पाण्डेले सेतोपाटीसँग भने।

नागरिक एपबाट बैंक खाता खोल्न सकिने व्यवस्था गरिसकिएको र क्रमशः अन्य सेवा सुवधा समेत थप गर्दै लगिने सञ्चार मन्त्रालयले जनाएको छ।सरकारले आइतबार फुल भर्जनको नागरिक एप सार्वजनिक गर्दै सो जानकारी दिएको हो।

‘हामीले केही सुविधाहरु राखिसकेका छौँ। अन्य सुविधाहरु पनि यसै आर्थिक वर्षदेखि नै थप्दै लैजान्छौँ,’ सहसचिव पौडेलले भने।सवारी कर एपमार्फत तिर्न सक्ने व्यवस्था भएपछि दिनभरी लाइनमा बसेर कर बुझाउनुपर्ने बाध्यता हट्नेछ। सवारीको बीमा तथा नवीकरण शुल्क एपमार्फत नै तिर्न सकिने छ।योसँगै अन्य राजश्व पनि एपमार्फत तिर्न सकिने व्यवस्था मिलाउने तयारी सरकारको छ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal