शनिबार, साउन १२, २०८१

जागरण अभियान लाई कसरि बुझ्ने ? त्रिभुवन भट्टराई

 

जागरण अभियान भनेको ने क पा( मसाल )ले पाटी बाट निस्कासित गरेका केही ब्यक्तिहरुको एउटा कथित अराजक समुह हो । यो समहु ले बाहीरी रुपमा हामी मसाल हौं पनि भन्छ तर भित्री रुपमा यसको उदस्य ने क पा मसाल सखाप अभियान मा
कम्मर कसेर लागेको देखिन्छ ।

आजकल उनिहरु का सबै कृयाकलाप र कार्यक्रम हेर्नेहो भने उनिहरु जागरण अभियान लाई ने.क पा मसाल को बिरुद्दमा खडा गरिको समानान्तर पाटी हो भनेर ठोकेर भन्न सकीन्छ ।

जागरण अभियान का तथाकथित नेता हरु जुन ने क पा मसाल का जनबर्गिय संगठन का भु.पु भनेर आफुलाई प्रस्तुत गरिरहेका छन। उनी हरु लाई सरसरती हेर्नु भयो भने सबै पाटी बाट निस्कासित ,अनुसासन हिन ,अराजक ,हरुको झुन्ड पाउनु हुनेछ ।

कथित जनजारण अभियान कै बिस्लेशण लाई हेर्ने हो भने उनिहरु ले ने क पा( मसाल) लाई बिचार बाट बिचलन भएको र( मसाल )लाई सही धारमा ल्याउनका लागी हामीले पाटी भित्र खोलिएको क्लब जस्तै समुह हो र यो ने क पा मसाल को बिरुद्दमा खोलिएको समान्नतर संगठन हैन भनेर सोझा ٠साधा कार्यकर्ता र सुभ चिन्चक हरु लाई भ्रम मा पारि रहेका छन । यो सरासर झुट गलत कुरा हो ।

उनिहरु पर्दा बाहिर मसाल र पर्दा भित्र मसाल सखाप अभियानमा लाइरहेका छन ।

जागरण लाई दोहोरो चरित्र किन खेल्न पर्यो? भन्रे कुरा हामीले हेर्यौ भने जागरण मा प्रबेस गरेका हरु मध्य धेरै जसो कार्यकर्ता हरु पाटी फोरेर समानन्तर पाटी बनाउने उनिहरुको निती का बिरुद्दमा छन र मसाल लाई बिभाजन गर्ने पक्षमा छैनन त्यसैले कथित जनजागरण अभियान लाई अहिले दोहोरो चरित्र खेल्नै पर्ने उनीहरुको बाध्यता पनि हो ।जनजागरण अभियान गठन संगसगै यो समुह ले आफ्नेै पंक्ती माथि दोहोरो रोलपनि खेलिरहेको छ।

ताकी जनजागरण अभियान ले पर्दा भित्र खेलिरहेको पाटी बिरोधी ,क्रान्ती बिरोधी, तथाकथित क्रान्ती बिरोधि अभियान को उजागरण नहोस भनेर । अहिले जनजागरण ले पाटी मा अतन्तुस्ट ब्यक्ती हरु लाई खोजी खोजी भ्रमजाल मा पारेर ने क पा (मसाल) को बिरुद्दमा खडा गर्ने अनि इमोस्नल कुरा हरु गर्ने, पाटी र पाटी नेतृत्व लाई गाली गर्ने गलत झुट कुराहरु ले कानभर्ने अनि होचकी ,पाटीले गलत दिसा लियो की भनेर सोच्न बाध्य बनाउने काम मा कम्मर कसेर लागेको पाईन्छ ।

यहाँ सम्म की इन्डीया बाट कुनै काडर नेपाल आफ्नो घर गयो भने कथित जनजारण का तथाकथित नेता हरु उसको घरमा डेरा हाली कान भर्ने समेत गरेको पनि पाईएको छ।
जागरण अभियानका संयोजक
सन्त बहादुर लाई नजिक बाट जान्ने हरु हामी सबैले हेर्ने हो भने सुरुमा सन्तबहादुर पाटी मा परिबारिक समस्या देखाएर आफ्ना सबै जिम्बेबारी पद हरु बाट राजीनामा आफै स्वएम ले दिएकै तथ्य प्रमाण हरु हामी संग छन ,
पाटीमा हाँक प्रकरण पछी पाटीले गोबिन्द सिह थापा लाई कार्बाही गरे पछि पाटीमा असन्तुस्ट अनुसासन हिन ब्यक्ती हरुले तिल लाई पाहाड बनाएर हाँक प्रकरण लाई मुद्दा बनाएर पाटी माथि हमला सुरु गर्दा गर्दै आज ,
यती छिटै तल्लो हद दर्जा को पतन को बाटो समात्ने छन
भनेर कल्पना समेत गरिएको थिएन ।
जनजागरण अभियान ले मसाल लाई गाली गर्दा गर्दै
आफु काहा पुग्यौ उस्लाई हेक्का नै छैन । हिजो मसाल ले
ओली सरकार लाई समर्थन गर्दा मसाल गलत भयो भनियो
आज मसाल ले ओली सरकार बाट समर्थन फिर्ता लिए पछि उनी हरु स्वएम ओली सरकार ढाल्न हुन्न भन्ने कित्तामा पुगेका छन।

अहिले ओली सरकार को समर्थन मा आउनु भनेको प्रतीगमन लाई समर्थन गर्नु हो , राजतन्त्र को नजीक आउनु हो , अहिले ओली सरकार को समर्थन मा आउनु भनेको भारतिय सम्राज्यबाद लाई
संमर्थन गर्नु हो , अहिले ओली सरकार लाई समर्थन गर्नु भनेको एम सिसि प्रकरण लाई समर्थन गर्नु हो । जनजागरण को अहिले को राजनैतिक बिस्लेषण हेर्दा उनिहरुमा हद दर्जा राजनैतिक बिचलन आएको कुरामा कुनै संका रहन्न ।

अब यहा सबै साथीहरूले ध्यान दिने भनेको के हो भने जनजागरण
ले मसाल लाई आज सम्म लगाउदै आरोप हरु सहि थिय या गलत थिय हेर्नै प्रने त यहा हो । खास कुरा त के हो भने नेकपा मसाल हिजो पनि सहि थियो ,आज पनि सहि छ । मसाल बिग्रेको छैन । बिग्रेका उनी हुन जस्ले मसाल को अनुसासन मान्न सकेनन,क्रान्ती कारी बिचार लाई .
आत्मसाथ गर्न नसकि जनजागरण अभियान खोले बिग्रेका भनेका त जनजागरण पो हुन त । तेसैले देस बिदेस मा भएका मसाल समन्धित कुनै पनि संगठन या संगठन सित समन्धित साथि हरु ,सुभचिन्तक हरु कुनै भ्रम मा पर्नु पर्ने कुनै कारण छैन । किन भने जनजागरण को राजनीती दाई को लाहुर भैरहवा सम्म मात्र हो भन्ने कुरा स्पष्ट भएको छ।

त्यसकारण सवै साथीहरू सचेत बनौं जागरण अभियानको नाममा मसाल माथी हुने आक्रमणका विरुद्ध खुलेर भंडाफोर र संघर्ष गरौं ।

लेखक त्रिभुवन भट्टराई मुल प्रबाह अखिल भारत नेपाली एकता समाजका केन्द्रिय सदस्य तथा सुदुर पश्चिमउत्तर क्षेत्रीय समितिका सचिब हुनहुन्छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal