शनिबार, साउन १२, २०८१

अपाङ्गता भएका ब्यक्तिलाई पहिलो प्राथमिकता दिनु पर्नेमा जोड

 

जुमान सिंह के सि,२३ प्युठान,
लुम्बिनी प्रदेश अन्तरगत अपाङ्गता समावेशी तथा पुन:र्स्थापना समिति (सब क्लष्टर) र जिल्ला प्रतिनिधिहरुको संयुक्त बैठक भर्चुअलको माध्यमबाट आज सम्पन्न भएको छ। हो!हामी सक्छौं:अपाङ्गता भएका ब्यक्तिहरुको नेतृत्वमा अपाङ्गता समावेशी कोभिड-१९ प्रतिकार्य परियोजना अन्तरगत आज लुम्बिनी प्रदेशका १२ वटा जिल्लाका जिल्ला सम्पर्क ब्यक्ति र प्रदेश स्तरीय अपाङ्गता समावेशी तथा पुनःस्थापना समितिका पदाधिकारी हरुको सहभागिता रहेको थियो। जिल्लामा अपांगता भएका ब्यक्तिको अवस्था, कोभिड-१९ बाट संक्रमित अवस्था , स्वास्थ्य तथा खोपमा पहुँच, अपाङ्गता भएका ब्यक्तिले भोग्नु परेका समस्या लगाएतका विषयमा छलफल भएको थियो।कोभिड-१९ का कारण समस्यामा परेका अपाङ्गता भएका ब्यक्तिलाई सहज र पहुँचवृद्धिका लागि सम्बन्धित निकायमा पहल गर्ने, चेकजाँच तथा खोपमा अपाङ्गता भएकालाई प्राथमिकता दिनु पर्ने, राहत तथा पुनःस्थापनाका लागि पहल पैरवी गर्ने,अपाङ्गता भएका ब्यक्तिलाई पहिलो प्राथमिकता दिन सम्बन्धित निकायमा पहल गर्ने निर्णय भएको छ। साथै प्रत्येक हप्ता बैठक गरि योजना बनाउने समेत निर्णय भएको प्रदेश कार्यक्रम संयोजक बिमला नेपालले बताउनु भयो।कार्यक्रमको अध्यक्षता प्रदेश अपाङ्गता समावेशी तथा पुनःस्थापना समितिका अध्यक्ष देविदत्त आचार्यले गर्नु भएको थियो, भने सहजीकरण हो! हामी सक्छौं:का राष्ट्रिय संयोजक किशोर रिजालले गर्नु भएको थियो।र्राष्ट्रिय अपाङ्ग महासङ्ग नेपालको आयोजना तथा बिश्व स्वास्थ्य संगठन नेपालको सहयोग रहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?