शनिबार, साउन १२, २०८१

अपाङ्गता भएका ब्यक्तिको सवालमा प्रदेश स्वास्थ्य निर्देशनालय संबेदनसिल छ: डा. गिरी 

जुमान सिंह के सि,असार ६, प्युठान,लुम्बिनी प्रदेशका जिल्ला सम्पर्क ब्यक्तिहरुले अपाङ्गता भएका ब्यक्तिको सवाल साझा बन्न नसक्दा अपाङ्गता भएका ब्यक्तिले समस्या भोग्नु परेको गुनसो गरेका छ्न। आइतबार लुम्बिनी प्रदेश अन्तरगत अपाङ्गता समावेशी तथा पुन:र्स्थापना समिति (सब क्लष्टर) र जिल्ला प्रतिनिधिहरुको संयुक्त बैठक भर्चुअलको माध्यमबाट भएको बैठक मा उक्त आवाज आएको हो। हो!हामी सक्छौं:अपाङ्गता भएका ब्यक्तिहरुको नेतृत्वमा अपाङ्गता समावेशी कोभिड-१९ प्रतिकार्य परियोजना अन्तरगत लुम्बिनी प्रदेशका १२ वटा जिल्लाका जिल्ला सम्पर्क ब्यक्ति र प्रदेश स्तरीय अपाङ्गता समावेशी तथा पुनःस्थापना समितिका पदाधिकारी हरुको सहभागितामा बैठक सम्पन्न भएको छ। उक्त बैठकमा लुम्बिनी प्रदेश स्वास्थ्य तथा जनसंख्या निर्देशनालयका निर्देशक डा. बिनोद कुमार गिरि र बिश्व स्वास्थ्य संगठन नेपालका प्रतिनिधि डा.केदार मरहट्टाको समेत विशेष उपस्थिति रहेको थियो।बैठकमा स्वास्थ्य निर्देशनालयका निर्देशक डा.गिरिले प्रदेश स्वास्थ्य निर्देशनालय अपाङ्गता भएका ब्यक्तिको कोभिड खोप तथा समग्र स्वास्थ्यको सवालमा आफुहरु संबेदनसिल रहेको भन्दै,सबै निकाय एक हुनु पर्ने बताउनु भयो ।उहाँले भन्नू भयो कतिपय नीतिनियमका कारण समस्या भएको भन्दै त्यसको समाधान गर्न, अपाङ्गता भएकालाई सहज र पहुँच वृद्धिका लागि स्वास्थ्य तथा जनसंख्या निर्देशनालयबाट सहयोग तथा सहजीकरण हुने बताउनु भयो। बिश्व स्वास्थ्य संगठन नेपालका प्रतिनिधि डा.केदार मरहट्टाले अपाङ्गताका सवालमा स्थायी संरचना निर्माण गरि अपाङ्गता र स्वास्थ्यको क्षत्रलाई जोड्दै अगाडि जान सकिने बताउनु भयो। उहाले भन्नु भयो अपाङ्गता समावेशी प्रणाली, प्रक्रिया र स्थापना गर्न यो परियोजनाको मुख्य ध्य्य रहेको बताउनु भयो। बिश्व स्वास्थ्य संगठन नेपाल सरकार संग सहकार्य गरि अपाङ्गताको क्षत्रमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो। जिल्लामा अपांगता भएका ब्यक्तिको अवस्था, कोभिड-१९ बाट संक्रमित अवस्था , स्वास्थ्य तथा खोपमा पहुँच, अपाङ्गता भएका ब्यक्तिले भोग्नु परेका समस्या लगाएतका विषयमा छलफल भएको थियो।कोभिड-१९ का कारण समस्यामा परेका अपाङ्गता भएका ब्यक्तिलाई सहज र पहुँचवृद्धिका लागि समन्वय र पहल गरिदिन स्वास्थ्य तथा जनसंख्या निर्देशनालयलाई प्रदेशका १२ जिल्ला प्रतिनिधिहरुले अनुरोध समेत गरेका थिए।चेकजाँच तथा खोपमा अपाङ्गता भएकालाई प्राथमिकता नदिएको गुनासो समेत गरेका थिए। बैठकमा एकहप्ता भरिमा गरिएको गतिविधि तथा छलफलका बिषयमा प्रदेश कार्यक्रम संयोजक बिमला नेपालले जानकारी गराउनु भएको थियो ।कार्यक्रमको अध्यक्षता प्रदेश अपाङ्गता समावेशी तथा पुनःस्थापना समितिका अध्यक्ष देविदत्त आचार्यले गर्नु भएको थियो भने सहजीकरण र्राष्ट्रिय अपाङ्ग महासङ्ग नेपालका प्रदेश सचीव हुमनाथ अधिकारीले गर्नु भएको हो। र्राष्ट्रिय अपाङ्ग महासङ्ग नेपाल, कुस्ठरोग नियन्त्रण तथा अपाङ्गता ब्यबस्थापन शाखाको आयोजना तथा बिश्व स्वास्थ्य संगठन नेपालको सहयोग रहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal