शनिबार, साउन १२, २०८१

दिगो विकास लक्ष्यहरुमा अपाङ्गताका सवाल समेटिएको छ: मित्रलाल शर्मा।

जुमान सिंह के सि असार १०, प्युठान
दिगोविकास लक्ष्यहरुमा अपाङ्गता भएका ब्यक्तिको सवालमा एकदिने गोष्ठी आज खलंगा प्युठानमा सप्पन्न भएको छ। जिल्लाका सरोकारवाला निकाय प्रतिनिधि,अपाङ्गता भएका ब्यक्ति बिच मालपोत कार्यालय सभाहल खलंगामा गोष्ठी सम्पन्न भएको हो।सहस्राब्दी विकासको लक्ष्यका प्रतिफलहरुलाई थप दिगो र ब्यबस्थित बनाउने प्रतिबद्धता र बिश्वब्यापी विकसको प्रतिबद्धता सम्बन्धि साझा दस्तावेज लाई प्रभावकारी गराउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको हो। २०३० सम्ममा बिश्व तथा नेपालले हासिल गरिने १७ वटा लक्ष्यहरु रहेका छ्न ।जस मध्य ४,८,९,१० र ११मा अपाङ्गता भएका ब्यक्तिको सवाललाई प्रत्येक्ष रुपमा सम्बोधन गरिएको छ। गरिबी भोकमरी, हिंसा मुक्त समाज, अपाङ्गता तथा सबै मैत्री सार्वजनिक संरचना निर्माण, न्यायमा पहुँच लगाएतका लक्ष्यहरु रहेका छ्न।र्राष्ट्रिय अपाङ्ग महासंघ नेपालका महासचिव राजु बस्नेतले कार्यक्रमको सहजीकरण गर्नु भएको थियो।र्राष्ट्रिय अपाङ्ग महासंघका केन्द्रीय अध्यक्ष मित्रलाल शर्माले अपाङ्गता भएका ब्यक्तिको अधिकार सुनिश्चितताको लागि महासंघ लागि परेको भन्दै दिगो बिकासका लक्ष्य हासिल गर्न सबैको सक्रियता हुनु पर्ने बताउनु भयो साथै उहाँले दिगो बिकासका लक्ष्यमा अपाङ्गताको सवाल प्रत्येक्ष समेटिएको भन्दै लक्ष्य हासिल र प्राप्तिका लागि अहिलेको मुख्य आवस्यकता रहेको उल्लेख गर्नु भयो।उहाल थप्नु भयो अपाङ्गता भएका ब्यक्तिका लागि बनेका ऐन नियमहरु प्रभावकारी कार्यनयन गर्न सकेमा केही हद सम्म अपाङ्गता भएका ब्यक्तिका समस्या हल हुन सक्छ्न भन्दै आफ्नो तर्फबाट सबैको एक्यवद्धता र साथ हुनु पर्नेमा जोड दिनु पर्ने बताउनु भयो।अपाङ्गता भएका ब्यक्तिले पाउने सेवा सुविधा सरल र सहज तरिकाले पाउन नसकेको सहभागीहरुले गुनासो गरेका थिए। र्राष्ट्रिय अपाङ्ग सेवा संघ प्युठानको समन्वय र र्राष्ट्रिय अपाङ्ग महासंघ, नेपालको आयोजनामा कार्यक्रम सम्पन्न गरिएको हो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal