शनिबार, साउन १२, २०८१

युवक संघ प्युठानले बुझायो प्रमुख जिल्ला अधिकारि मार्फत प्रधानमन्त्रीलाई :ज्ञापन पत्र

अखिल नेपाल युवक संघको केन्द्रीय निर्देशनमुताबिक अखिल नेपाल युवक सङ्घ प्युठानले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

प्रतिगमन, कोरोना महामारी, नागरिकता अध्यादेश, बाढीपहिरो, ढुङ्गा, बालुवा, गिटी उत्खनन्, मुल्य वृद्धि , युवाहरूको विदेश पलायनलगायतका विषयमा प्रधानमन्त्रीलाई सो ज्ञापन बुझाएको हो ।

युवक सङ्घका केन्द्रीय सदस्य हुमलाल नेपालीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले प्रधानमन्त्रीको नाममा प्रेषित ज्ञापनपत्र प्युठानका प्रमुख जिल्ला अधिकारी खिमराज भुसाललाई हस्तान्तरण बुझाएको थियो ।

प्रतिनिधि मण्डलमा युवक सङ्घका जिल्ला उपाध्यक्ष कमल पौडेल, जिल्ला सदस्य केशव खड्का र सीता पुनको पनि सहभागिता रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal