शुक्रबार, फाल्गुन १८, २०८०

अखिल नेपाल युवक संघ अर्घाखाँचीले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र

 

अर्घाखाँची ।
अखिल नेपाल युवक सङ्घजिल्ला समिती अर्घाखाँचीले प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेल मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।
संघले कोरोना नियन्त्रणमा सरकारको उदाशिनता , बढ्दो महङ्गी , कोभिडका कारण सिर्जित थप बेरोजगारी जस्ता समस्याको तत्काल समाधानको पहल गर्न सरकार अग्रसर हुनुपर्ने भन्दै आज २०७८ असार ११ गते जिल्ला प्रशासन कार्यालयमा पुगी प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापन पत्र बुझाइएको हो ।
सरकारले चुरे दोहन नीति अबलम्बन गर्दै ढुङ्गा , गिटि , बालुवा को निकाशी गर्न खोज्नु प्रकृति माथिको अपराधका साथै देशलाइ मरुभुमिकरण गर्न सरकार उद्दत रहेको पनि संघले आरोप लगाएको छ । नागरिक हरुलाइ तत्काल खोपको ब्यबस्था र , प्रतिगमनको अन्त्य गर्दै जनतालाइ कानुनी राज्यको अनुभूति दिलाउन पनि ज्ञापनपत्रमा माग गरिएको छ ।
ज्ञापनपत्र युवक सङ्घका जिल्ला उपाध्यक्ष कृष्ण खनाल सचिब ठाकुर पंथी सुनार , कोषाध्यक्ष बसन्त खड्का ,र सहसचिव राजु सुनार सहितको प्रतिनिधि मण्डलले ज्ञापन पत्र बुझाएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?