प्युठान झिमरुक
नेपाल सिक्षक महासंघ राष्ट्रिय समितिको चौथो चरणको आन्दोलन कार्यक्रम अन्तरगत देशका सवै गाउंपालिका / नगरपालिका भवनमा धर्ना कार्यक्रम अंतरगत आज प्युठानजिल्लाको झिमरुक गाउँपालिकामा सप्पन्न भएको छ।
सिक्षक महासंघ झिमरुकका अध्यक्ष कण बहादुर जिसिको नेतृत्व र नेपाल सिक्षक महासंघ प्रदेस सदस्य बालाराम पोख्रेल विशेष उपस्थिति अनि ,नेपाल शिक्षक महासंघ प्युठान जिल्ला अध्यक्ष सेर बहादुर थापाको विशेष अथित्या रहेको धर्ना कार्यक्रममा पेसागत संगठनका प्रमुख र प्रतिनिधि गरि २४ जनाको उपस्थिति रहेको थियो।
शिक्षक र विद्यार्थीलाई पुण खोपको ब्यबस्थापन हुनुपर्ने ,संघिय सिक्षा ऐन लागुहुनुपर्ने,निजामती कर्मचारी सरह शिक्षकहरुलाइ पनि सेवा सुबिधा उपलब्ध हुनुपर्ने माग राख्दै नेपाल शिक्षक महासंघ चरण बद्द आन्दोलनमा छ ।
यहि कार्यक्रम अन्तरगत प्युठानको झिमरुक गाउंपालिकामा आज धर्ना कार्यक्रम सम्पन्न गरेको हो।
कार्यक्रममा अन्त्यमा भावी आन्दोलनको जानकारी बारे जिल्ला अध्यक्ष सेर बहादुर थापा,लुम्बिनी प्रदेसका सदस्य बालाराम पोख्रेल ,एकीकृत अखिल नेपाल शिक्षक संगठनका जिल्ला अध्यक्ष कमल जिसिले बोल्नुभएको थियो ।भने शिक्षक महासंघ झिमरुक गाउंपालिकाका अध्यक्ष कण बहादुर जिसिले सबैलाई धन्यवाद दिनुभएको थियो।