जुमान सिंह के सि आसार १८, प्युठान। नेपाल शिक्षक महासंघ मल्लरानी गाउँपालिका प्युठानको आयोजनामा मल्लरानी गाउँपालिकामा कालो ब्यानर सहित धर्ना गरेको छ।बिहान दश बजे देखि दिउसो एक बजे सम्म तीन घन्टा सम्म सरकारले आफ्न्ना माग प्रती बेवास्ता गरेको भन्दै सरकारको विरुद्धमा धर्ना दिएको हो। नेपाल शिक्षक महासंघ केन्द्रिय समितिको निर्णय अनुसार देश भरी रहेका ७५३ स्थानीयतहमा धर्ना कार्यक्रम रहेको नेपाल शिक्षक महासंघ केन्द्रिय सदस्य चक्रपाणी पौडेलले जानकारी दिनु भयो। महासंघ केन्द्रिय सदस्यसमेत रहेका पौडेलले २०७६ मा सरकार समक्ष भएका सहमति अझैसम्म कार्यनयन हुन नसक्नु दु:खद भएको बताउनु भयो उहाले भन्नू भयो शिक्षक रास्ट्रसेवक कर्मचारीको रूपमा स्वीकार गर्न नसक्नुले राज्य शिक्षक प्रती कति जिम्मेवार छ भन्ने कुरा छर्लङ्ग भएको बताउनु भयो साथै उहाले केन्द्र द्वारा तय गरिएका आन्दोलनका कार्यक्रमलाई चरणबद्द रुपमा शसक्तरुपमा अगाडि बढाउने कुरा समेत उल्लेख गर्नु भयो। नेपाल शिक्षक महासंघले ३४ बुदे मागपत्र सरकारलाई दिएको भए पनि मागहरु प्रती संबेदनसिल हुन नसक्दा अहिलेको विषम परिस्थितिमा समेत आन्दोलन गर्न परेको शिक्षक महासंघ मल्लरानी गाउँपालिका अध्यक्ष नुमराज पौडेलले बताउनु भयो। बालबिकास शिक्षक तथा बिद्यालय कर्मचारी लगाएतको सेवा सुबिधा वृद्धि, शिक्षक अस्पतालको ब्यबस्था,शिक्षामा २०% लगानी,लामो समय सेवा अबधि शिक्षकलाई स्तरवृद्धि गरिनु पर्ने, कोभिड खोपको ब्यबस्था, दरबन्दी मिलान तथा थप दरबन्दी लगाएतका माग राख्दै महासंघ सरकार विरुद्ध आन्दोलनमा उत्रिएको छ।