बिहिबार, चैत्र १५, २०८०

झिमरुकमा शिक्षक महासंघको अन्तक्रिर्या कार्यक्रम सम्पन्न

शनिबार, असार १९, २०७८
प्युठान,मच्छी
नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको चौथो चरणको आन्दोलन कार्यक्रम अन्तरगत देशका सवै गाउंपालिका / नगरपालिकामा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि र शिक्षकहरू बीच अधिकार र कर्तव्यका लागि शिक्षक एकताका लागि शिक्षक तथा कर्मचारीहरू काे मागका बिषयमा अन्तरक्रिया कार्यक्रम गाैमुखी क्याम्पसमा सप्पन्न भएको छ।
नेपाल शिक्षक महासंघ झिमरुकका अध्यक्ष कर्ण बहादुर जि.सि.को अध्यक्षतामा र नेपाल शिक्षक महासंघ प्रदेस सदस्य बालाराम पोख्रेल विशेष उपस्थिति अनि ,नेपाल शिक्षक महासंघ प्युठान जिल्ला अध्यक्ष शेर बहादुर थापाको विशेष अाथित्य रहेको कार्यक्रममा पेसागत संघ,संगठनका प्रमुख र प्रतिनिधि को उपस्थिति रहेको थियो।
शिक्षक ,कर्मचारी र विद्यार्थीहरुलाई पुर्ण खोपको ब्यबस्थापन हुनुपर्ने ,संघिय शिक्षा ऐन लागुहुनुपर्ने,निजामती कर्मचारी सरह शिक्षकहरुलाइ पनि सेवा सुबिधा उपलब्ध हुनुपर्ने माग राख्दै नेपाल शिक्षक महासंघ चरण बद्द आन्दोलनमा छ ।
कार्यक्रममा रा.ज.माे.का शिद्दिमान जि.सी. ने.क.पा.माअेवादीका झक बहादुर जि.सी.र नेपाली काङ्ग्रेसका धरम बहादुर जि.सी. नेपाल शिक्षक महासंघ प्युठानका जिल्ला अध्यक्ष सेर बहादुर थापा,लुम्बिनी प्रदेसका सदस्य द्वय जगत बहादुर के .सी . र बालाराम पोख्रेल ,बोल्नुभएको थियो । नेपाल शिक्षक महासंघले पाँचौ चरणको अान्दोलन लाई निर्णायक अान्दोलन हुने बताएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal