शनिबार, साउन १२, २०८१

प्युठानमा ओलि विरुद्ध मसाल जुलुस

 

प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी कदमका विरुद्ध आज प्युठानको मच्छीमा मसाल जुलुस सम्पन्न भएको छ ।

संसदको पुनर्स्थापनाको माग गर्दै अखिल (छैठौं), अखिल (क्रान्तिकारी), नेपाल विद्यार्थी संघ, अनेरास्ववियु र समाजवादी विद्यार्थी युनियनले आज देशैभरी मसाल जुलुसको आयोजना गरेका थिए ।

मच्छीमा सम्पन्न जुलुसमा छैठौंका केन्द्रीय सचिव सुवाश जि.सि, क्रान्तिकारीका केन्द्रीय उपामहासचिव मिलन एम.सि., केन्द्रीय सचिवालय सदस्य सुमन श्रेष्ठ , जिल्ला अध्यक्ष पुष्कर शर्मा, नेविसंघका जिल्ला सदस्य एम मगर, समाजवादी विद्यार्थीका प्रतिनिधि श्रीराम पोख्रेलको उपस्थिति रहेको थियो ।

विद्यार्थीले कोरोनाका कारण मच्छीवजारमा प्रतिनिधिमुलक मसाल जुलुस गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal