शनिबार, साउन १२, २०८१

मूल प्रवाहको सातौं सम्मेलन पछिको प्रथम भेला सम्पन्न

अध्यक्ष– दुर्गा बहादुर केसी, महासचिव– ठाकुर खनाल, उपाध्यक्षमा– कपिल खनाल, हिरासिंह चन्द, प्रेम पौडेल र कोषाध्यक्ष– कुल बहादुर थापा चयन ।

नयाँ दिल्ली, ४ जुलाई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिको सातौं अखिल भारत सम्मेलन पछिको प्रथम भेला सम्पन्न भएको छ । भेलामा २५ राज्यहरु र ४ केन्द्रशासित राज्यबाट प्रतिनिधित्व भएको भेला पछि महासचिव ठाकुर खनालद्वारा हस्तक्षरित विज्ञप्तीमा उल्लेख छ ।

खनाले जारी गर्नुभएको सो विज्ञप्तीका अनुसार भेलाद्वारा समितिको प्रथम बैठकले दुर्गा बहादुर केसीको अध्यक्षतामा ३३ पूर्ण ११ वैकल्पिक र २२ सल्लाहकार गरि ६६ सदस्यीय केन्द्रीय संगठन समिति चयन गरेको छ ।

प्रेस वक्तव्यमा भनिएको छ :

“मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको सातौँ अखिल भारत सम्मेलन पश्चात प्रथम भेला भर्चुअल माध्यमबाट सम्पन्न भएको छ । भेलाद्वारा पारित निर्णयहरु सार्वजनिक गर्नका लागि यो प्रेस वक्तव्य जारि गरिएको छ ।

सातौँ अखिल भारत सम्मेलन १३–१५ सितम्बर २०१४ मा लखनऊँमा सम्पन्न भएको थियो । संगठनको विधान अनुसार ५ वर्षमा सम्मेलन गर्नुपर्ने प्रवाधान रहेको छ, साथै आवश्यकता अनुसार केही समय अगाडि वा पछाडि हुनसक्छ । आठौँ अखिल भारत सम्मेलनको लागि नीतिगत रुपमा निर्णय भई सम्मेलन तैयारीको लागि भेलाको मिति, स्थान र भेलामा आउने प्रतिनिधिहरुको संख्या समेत निश्चित गरिएको थियो । वैश्विक महामारी कोविड–१९ का कारणले उक्त तैयारी भेला स्थगित गर्न बाध्य भयौं, अझै पनि स्थिति सामान्य नभईसकेको र अनिश्चितता कायमै रहेको छ ।

सातौँ सम्मेलनदेखि यता सम्मेलनद्वारा निर्वाचित पूर्ण सदस्यहरु मित्रलाल शर्मा, खड्कबहादुर जिसी, कमल गैरे र रुकबहादुर केसीको निधन भएको छ । कैयौं पूर्ण सदस्यहरु स्थायी रुपमा स्वदेश फर्किनु भएकोले वहाँहरुलाई विगतका बैठकहरुमा विदाई गरिएको थियो । तीनजना पूर्णसदस्यहरुले संगठन विरोधी गतिविधिमा सामेल भएकोले हुँदा कारवाही गरियो । त्यसरी सम्मेलनबाट निर्वाचित समितिका पूर्णसदस्यहरुको संख्या कम भएको हुँदा भर्चुअल भेला गरि समितिलाई पूर्णता दिइएको छ ।

११ क्षेत्रीय समिति, २ राज्य समिति (२५ राज्यहरु र ४ केन्द्रशासित राज्यहरु) का १५७ नगरहरुबाट प्रतिनिधित्व भएको थियो । सो भेलाको उद्घाटन प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्र बहादुर केसीले गर्नु भयो । भेला सफलताको शुभकामना विशिष्ठ अतिथिद्वय नेपाल कम्यूनिष्ट पार्टी (मसाल) का केन्द्रीय प्रवक्ता राम प्रकाश पुरी र वामपन्थी नेता आनन्द शर्मा लगायत पि. भिम बहादुर थापा, मोहराज चालिसे, फूलविना पौडेल र राम बहादुर विकले दिनुभएको थियो ।

अध्यक्ष दुर्गा बहादुर केसीको अध्यक्षता र महासचिव ठाकुर खनालको सञ्चालनबाट अगाडि बढेको सो भेलामा सातौं अखिल भारत सम्मेलन पछि निधन भएका केन्द्रीय नेताहरु एवं नेपालको प्रजातान्त्रिक आन्दोलन लगायत विश्वभरी चलेको न्यायपूर्ण आन्दोलनमा सहादत प्राप्त गर्ने ज्ञात अज्ञात शहिदहरुप्रति एक मिनेट मौनधारण पछि समाजका उपाध्यक्ष कपिल खनाल र साँस्कृतिक विभागका कलाकारहरुले स्वागत गर्नुभएको थियो ।

भेलाद्वारा अध्यक्ष– दुर्गा बहादुर केसीको अध्यक्षतामा ३३ पूर्ण ११ वैकल्पिक र २२ सल्लाहकार रहेको केन्द्रीय संगठन समिति चयन गरियो । जसमाः उपाध्यक्ष– कपिल खनाल (पञ्जाब), हिरासिंह चन्द (लुधियाना), प्रेम पौडेल (हैदरावाद), महासचिव– ठाकुर खनाल (भारत), सचिव– के. जनकराज शर्मा (पाण्डेचरी) त्रिभुवन भट्टराई (गंगानगर), बेद बहादुर कार्की (गुजरात), कोषाध्यक्ष– केवी थापा (मद्रास) लाई चयन गरेको छ । त्यस्तै भेलाले सदस्यमा : पी. भीम बहादुर थापा (उत्तर भारत), मतिराज गौतम (ओखला), प्रेम सापकोटा (रोपड), हेमकुमार थापा (कटक), गोविन्द बहादुर थापा (गुजरात), दिनेश खड्का (चण्डीगढ), शोभाखर पन्थ (सोलन), नारायण शर्मा (राजस्थान), कृष्ण जिसी (गंगानगर), कुल बहादुर बगाले (जालन्धर), भगवती कुँवर (पाण्डेचरी), मोहन गिरी (जयपुर), ताल बहादुर खड्का (भोपाल), खुम बहादुर पुन (अलिबाग), गिरिराज परियार (भूवनेश्वर), रामप्रसाद बस्याल (प्रयागराज), मदन शर्मा (चेन्नई प.), भिमसिंह विष्ट (नाडियाड), धनवीर पुन मगर (दिल्ली), विक्रमसिंह राणा (करनाल), खिम बहादुर विक (हैदरावाद), चोवनाथ शर्मा (केरला), वेल बहादुर रजाली (जयपुर), फूलविना पौडेल (हैदरावाद) ।

वैकल्पिक सदस्यहरुमा : विरु श्रेष्ठ (हिमाचल), राम बहादुर विक (गुडगाव), शिव केसी (नई दिल्ली), सूर्य बहादुर क्षेत्री (फरीदावाद), भिम बहादुर थापा (हैदरावाद मध्य), राम प्रसाद पौडेल (हैदरावाद उत्तर), हिमलाल क्षेत्री (कोहिमा), रमकला काउछा मगर (वापी), हरिप्रसाद शर्मा (कोलकाता), टंक कुँवर (तारापुर) र मोहराज चालिसे (चेन्नई) ।

सल्लाहकारमा नेत्र गुरुङ (प्रवाणु), कृष्ण क्षेत्री (गुवाहटी), ठाकुर प्रसाद केसी (नेल्लोर), बालकृष्ण (आइजोल), गम बहादुर सुनार (कोहिमा), टेक प्रसाद कँडेल (उत्तराखण्ड), तिलकराज पौडेल (चण्डीगढ), बाबुराम बस्नेत (भिवाडी), अमित केसी (जोवाई), बाशुदेव भट्टराई (लुधियाना), श्रीधर शर्मा (वापी पूर्वी), विर बहादुर जिसी (कानपुर), खिमराज चालिसे (चण्डीगढ), लिलाम्बर सिंजाली (रायगढ), शालिकराम आचार्य (भिवानी), तारा सोमरे (हिसार), चन्द्र बहादुर थापा (चेन्नई), नारायण सापकोटा (भोपाल), बालाकृष्ण गायक (सिताम्बरम), सुरेशकुमार पाण्डे (गुडगाव), कृष्ण कुँवर (वापी पश्चिम) र किशोर राई (भिवाडी) रहनुभएको छ ।

साथै अध्यक्ष दुर्गा केसी, उपाध्यक्षद्वय कपिल खनाल, हिरासिंह चन्द, महासचिव ठाकुर खनाल र सदस्य धनवीर पुन मगर रहेको सचिवालय गठन गरेको छ । नयाँ समितिलाई हाउसबाट के रतन सिंह, खगेश्वर सुनार, विष्णु शर्मा र नेकपा (मसाल) प्रवक्ता राम प्रकाश पुरीले बधाईन दिनुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal