शनिबार, साउन १२, २०८१

डोटिमा सिंङ्गो गाउँनै राष्ट्रिय जनमोर्चा प्रवेश गर्यो

डोटी । राष्ट्रिय जनमोर्चा डोटीले सञ्चालन गरेको एक महिने अभियानको क्रममा केआईसिंह गाँउपालिका ६ ठटी गाँउको एक टोल पुरै राजमोमा प्रवेश गरेको छ। हालै सम्पन्न सो टोलको एक भेलाबाट पुरै टोलबासीले सल्लाह गरी राजमोको सदस्यता लिएका हुन् ।

भेला पश्चात राजमोको ४१ सदस्सीय टोल समिति गठन भएको छ । समितिको अध्यक्षमा सागर भट्ट, उपाध्यक्ष रमेश भट्टराई, सचिव कैलाश भाट, सहसचिव विरेन्द्र भाट र कोषाध्यक्षमा चन्द्र भाट लगायत सदस्यहरु रहनुभएको छ ।

राजमोका वडा समिति अध्यक्ष हरि प्रसाद भट्टराईको अध्यक्षता तथा ६ नम्बर वडा सदस्य नरेन्द्र बरालको सञ्चालनमा सम्पन्न भेलामा राजमोका जिल्ला सचिव केशवनाथ योगीले राजमोले लिएको नीति तथा कार्यक्रमबारे स्पष्ट पार्नुभएको थियो । राजमो ६ नं वडा समितिका सचिव लक्ष्मण भण्डारीले भेला सफताको शुभकामना दिनुभएको थियो ।

त्यस्तै,केआईसिंह गाँउपालिकाको ७ मा पनि राजमोको टोल समिति गठन भएको छ । समितिको अध्यक्ष सालिभान तिरुवा, उपाध्यक्ष पुने तिरुवा, सचिव चक्र तिरुवा, सहसचिव रमेश तिरुवा र कोषाध्यक्षमा देउसरा तिरुवा रहनुभएको छ ।

सदस्यहरुमा फगरे तिरुवा, दिलबहादुर तिरुवा, जानकी तिरुवा, रोशन तिरुवा, कौशल्या तिरुवा, लक्ष्मी तिरुवा, गोरे तिरुवा रहनुभएको छ । भेलामा केशवनाथ योगी, लक्ष्मण भण्डारी, सागर भट्टलगायत नेताहरुले शुभकामना दिनुभएको थियो ।

अभियान टोलीले जिल्लाका विभिन्न स्थानमा संगठन निर्माणको कामलाई तिब्रता दिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal