शनिबार, साउन १२, २०८१

लुम्बिनी प्रदेश  सरकारले “मनका लड्डु घ्यूसित” खाईरहेकोछ : सांसद जिसी

बुटवल असार २९ गते।
राष्ट्रिय जनमोर्चाका प्रदेश सांसद तारा जिसीले आर्थिक वर्ष ०७८–७९को विनियोजित बजेट आधारहिन र कल्पनामा सिमित रहेको बताउनुभएकोछ। यो बजेटले कुल ग्राहस्थ उत्पादन दर ७.४ बाट ९.५ पुराउने,प्रतिब्यक्ति आय ८०० अमेरिकी डलर बाट १६००मा पुराउने उल्लेख गरिएको छ ।तर यसको आधार के हो? कुनै ठोस योजना छैन। महामारीले देशको राष्ट्रिय अर्थतन्त्र थिलो थिलो परेको वेला यसलाई कसरी पुनःस्थापना गर्ने तिर होइन,माहामारीको तेस्रो लहर देशमा प्रवेश गरिसकेकोछ यस्को नियन्त्रण गरेर जनताको जिवनको रक्षा कसरी गर्ने त्यसतर्फ पनि सरकारको मुख्य जोड छैन। कल्पनामा आधारित कार्यक्रम ल्याएर देशमै अब्बल भएको दावा गर्ने प्रदेश सरकार यथार्थमा होइन“मनका लड्डु घिउ सित”खाईरहेको कटाक्ष गर्नुभयो।
बजेटको छलफलमा भाग लिदै राजमो नेतृ जिसीले माहामारीको संकमणमा परि ज्यान गुमाउनु हुने र वाढी पहिरो बाट जिवन गुमाउनु भएका मृतकहरु प्रति राष्ट्रिय जनमोर्चाको तर्फबाट हार्दिक श्रदान्जली प्रकट गर्दै उपचारार्थ सबैको शिघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो।
“हुने विरुवाको चिल्लोपात नहुने विरुवा…”को प्रदेश सरकार सित तुलना गर्दै लुम्बिनी प्रदेश सरकारको सत्तालिप्सा,चौरासी तिकडम गरेर बनेको सरकार अहिले पनि अल्पमतमा रहेको अवैधानिक,अनैतिक सरकारहो भन्दै यस्तो सरकारबाट हामीले जस्तो आशा गरेका थियौ त्यस्तै बजेट आएको औंल्याउनुभयो।
जसरी सर्वोच्च अदालतले प्रधानमन्त्री ओलीको सर्वसत्तावाद र सत्ताधारीहरुलाइ घरको न घाटको बनायो यहाँ सत्ता टिकाउन गरिएको तिकडम देख्दा केन्द्रको यो हविगती कतै यतैको सल्लाह,आविश्कार वा गुरुयोजना त होइन? शंका गर्ने ठाउँ रहेको बताउनुभयो।
सम्मानीत सदनमा बोल्ने माननीय ज्यूहरुले समेत भनी सक्नुभयो,सत्ताधारी पार्टीका समर्थक हरुवा,चरुवा कार्यकर्ता देखि लिएर वार्ड वार्ड बाट मगाएर,पालीका देखि जिल्ला स्तरका नेता समेतलाइ वोलाएर बजेट वितरण गरियो।यो वास्तविकतामा अधारितछ,भिन्न पक्षका निर्वाचित माननीयहरु र स्थानीयतह हरुलाई निषेध गरिएको यो विनियोजन ब्यक्ति केन्द्रीत छ,समुदाय र क्षेत्रको प्रतिनिधित्व गर्दैन।यो बजेट प्रदेश सरकारको भन्दा पनि एमालेको बजेट वितरण जस्तोछ। हाम्रो अपनत्व नै नभएको प्रदेश सांसदहरुको मान मर्दन गर्ने बजेट हामीलाइ स्वीकार्यछैन र यसले गलत परिपाटीको सुरुवात गरेको दावा समेत गर्नुभयो।
सामुहिक बजेट बनाएको भनेर नथाक्ने प्रदेश सरकारले योजना मागको सुचना समेत माननीयहरु सम्म नपुराएको,नयाँ मन्त्रीहरुले आश्वाशन दिएर पनि माग सम्वोधन नगरी सत्ताधारीकै लागी रबरस्टैम्प जस्तै काम गरेको ,प्रदेशको नाम मात्रको फितलो अनुगमनले सत्ताधारी नेताका नजिकका निर्माण ब्यावसायी र भ्रष्ट कर्मचारीहरु उत्साहित रहेको तथा असारे विकासमा कमि नआउँदा राज्यको ढुकुटी बर्बाद गरिएकोमा सरकारको कार्यशैलीको नेतृ जिसीले सदनमा चर्को आलोचना गर्नुभयो।
प्रदेश सभामा टेवुल भएको संचार विधेयक नेपालको संविधानको भावना विपरित मात्रै नभई प्रेश स्वतन्त्रता विरुद्व समेत भएको बताउँदै पंचायती शैलीको यो विधेयक तत्काल खारेज गरी पूर्न लेखनको समेत माग गर्नुभयो। हिजो देखि चलेको बजेट माथीको एकमुष्ठ छलफलमा उठेका विषय पर्सी असार ३१ गते सम्बन्धित मन्त्रीहरुले जवाफ दिएपछि निर्णायार्थ प्रस्तुत हुने छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal