शनिबार, साउन १२, २०८१

डिजिटल पत्रकार संघ प्युठानकाे जिल्ला अध्यक्ष मा पेस्ताेल

बिमल प्रसाद पाेख्रेल
साउन ३ प्युठान
पछिल्लो समय विभिन्न सामाजिक संजालहरुमध्ये युट्युब निकै भाईरल बन्नुका साथै समाजिक कार्यमापनि युट्बलाई प्रयाेग गरि विभिन्न माथ्यमबाट मानव उद्वार गरेकाे छ ।तर युट्युबलाई अराजक तरिकाले प्रयाेग गर्दा विभिन्न बिकृति बिसंगतिहरुपनि निम्तिएका छन तिनै बिकृतिकाे अन्त्य गर्दै जतिसक्दो छिटाे छरिताे र समाजमा घटेका घटनाकाे कानुन बमाेजिम सुचना अनलाईन माध्यमबाट प्रशारण गरि डिजिटल पत्रकारहरुकाे संरक्षण गर्ने हुेतुका साथ अाज प्युठानमा गन बहादुर पेस्ताेलकाे अध्यक्षतामा ११ सदस्यीय जिल्ला तदर्थ समिति गठन गरिएकाे छ।
समितिकाे उपाध्यक्ष गिर जाेन,सचिब हेमन्त पाठक,काेषाध्यक्ष पुजा भुसाल,सहसचिब तेजेन्द्र परिबार,सदस्यहरुमा साेभा,विशाल,अनिता, पदम लगाएतका रहेकाे सचिब हेमन्त पाठकले बताउनु भयाे।लुम्बिनी प्रदेश सम्याेजक बिष्णुकुमार देभकाेटाकाे प्रमुख अतिथिकाे अासन बाट बाेल्दै नेपाल पत्रकार महासंघको विधि र बिधानमा रहि समाचार सम्पेषण गर्न अाग्रह गर्दै छिट्टै जिल्लामा युट्युब पत्रकारका लागि प्राबिधिक तालिम तथा अाचारसंहिता काे बिषयमा जानकारि दिईने बताउनु भयाे।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal