शनिबार, साउन १२, २०८१

अपाङ्गता सम्बन्धि कार्यगर्ने सस्थाका पदाधिकारीहरुका लागि स्वास्थ्य तथा पुनर्स्थापना सम्बन्धि तालिम दाङमा सम्पन्न ।

जुमान सिंह के. सि. श्रवण ५,
अपाङ्गता सम्बन्धि कार्यगर्ने सस्थाका पदाधिकारीहरुका लागि स्वास्थ्य तथा पुनर्स्थापना सम्बन्धि तालिम दाङमा सम्पन्न भएको छ।अपाङ्गता भएका ब्यक्तिहरुको स्वास्थ्य र पुनर्स्थापना सेवा एकीकृत गर्न,स्थानीय तहको नीति,योजना र बजेट बिनियोजनका लागी वकालत गर्ने क्षमता अभिवृद्धि गर्न र स्वास्थ्य तथा पुनर्स्थापनाको बारेमा साझा धारणा बिकास गर्ने उदेश्यका साथ कार्यक्रमको आयोजना गरिएको लुम्बिनी प्रदेश पुनर्स्थापना कार्यक्रम अधिकृत सिर्जना लम्साल पन्थीले बताउनु भयो।
दाङको तुल्सिपुरमा गरिएको कार्यक्रममा लुम्बिनी प्रदेशका प्युठान, रोल्पा, रुकुम र दाङ जिल्लाका अपाङ्गता सम्बन्धि कृयासिल सस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो। दुई दिन सम्म चलेको तालिममा सहभागीहरुले अझै पनि अपाङ्गता भएका ब्यक्तिले न्युनतम सेवा तथा अधिकार पाउन नसकेको भन्दै प्रभावकारी कार्यनयनमा जोड दिनु पर्ने सुझाव दिएका थिए।साथै स्थानीय तहमा स्वास्थ्य र पुनर्स्थापना सम्बन्धि कार्यक्रम संचालनका लागि आवस्यक वातावरणका लागि महासंघ संग अनुरोध समेत गरेका थिए ।
तालिममा स्वास्थ्य तथा पुनर्स्थापना सेवाका बारेमा साझा अवधारणा तथा प्रकार, पुनर्स्थापना सेवा एकीकृत गर्न स्थानीय तहमा निति तथा कार्यक्रमको बारेमा वकालत तथा पैरवी,स्वास्थ्य र पुनर्स्थापनामा पहुँचको लागि वकालतको आवश्यकता,स्वास्थ्य र पुनर्स्थापना सेवा प्रवर्द्धनका लागि सस्थाहरुको भुमिका लगाएत विषयमा छलफल गरिएको थियो।
दुई दिन सम्म सञ्चालित अभिमुखिकरण कार्यक्रमको सहजीकरण र्राष्ट्रिय अपाङ्ग महासंघ नेपालका संघीय अध्यक्ष मित्रलाल शर्मा लुम्बिनी प्रदेशका अध्यक्ष देवीदत्त आचार्य, सचीव हुमनाथ अधिकारी कार्यक्रम अधिकृत गोमा पन्थी र प्रदेश पुनर्स्थापना कार्यक्रम अधिकृत सिर्जना लम्साल पन्थीले गर्नु भएको थियो। र्राष्ट्रिय अपाङ्ग महासंघ लुम्बिनी प्रदेशको आयोजना एच.आई. को सहयोग रहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal