शनिबार, साउन १२, २०८१

सहायक सामग्रीको साहाएताले दैनिक क्रियाकलापमा सहजता आउने

जुमान सिंह के सि श्रावण ८, प्युठान
मल्लरानी गाउँपालिका भित्रका सहायक सामग्री आवस्यक भएका अपाङ्गता भएका ब्यक्तिलाई सहायक सामग्री वितरण गरिएको छ।प्रकृति अनुसारका अपाङ्गता भएका लाई उनिहरुको आवस्यकता पहिचान गरि सामग्री वितरण गरिएको हो।
आज मल्लरानी गाउँपालिका वाडा न.४ का अपाङ्गता भएका ब्यक्तिलाई गाउँपालिकामा एक कार्यक्रमका विच सामग्री वितरण गरिएको हो।गाउँपालिकाका सबै वाडका अपाङ्गता भएका ब्यक्तिको माग र आवस्यकताको आधारमा सामग्री खरिद गरि वितरण गर्न लागिएको र्राष्ट्रिय अपाङ्ग सेवा संघ प्युठानले जनाएको छ।
मल्लरानी गाउँपालिकाको आ.ब. ०७७/०७८ को वार्षिक कार्यक्रम अन्तरगत अपाङ्गता भएका ब्यक्तिलाई सामाग्री वितरण गरिएको महिला बालबालिका शाखा प्रमुख रेवती न्यौपानेले बताउनु भयो। वडा न. १,२,३र ५ का ब्यक्तिहरुलाई वाडा स्तरीय अपाङ्ग संजाल र वाड कार्यालयको समन्वयमा वाड मार्फत सामग्री वितरण गरिने संघले जनाएको छ। सामग्री वितरण कार्यक्रममा मल्लरानी गाउँपालिका उपाध्यक्ष सरिता जि सि ले सहायक सामग्रीले अपाङ्गता भएका ब्यक्तिको दैनिक क्रियाकलाप तथा आवगमनमा सहज हुने भन्दै सहि सदुपयोग गर्न आग्रह गर्नु भएको छ।साथै उहाले आगामी दिनमा पनि गाउँपालिकाले आवस्यकता अनुसार सहयोग र सहकार्य गर्ने प्रतिबद्धता जनाउनु भएको छ।
अपाङ्गता सम्बन्धि कार्यक्रम आयोजना तथा सहजीकरण गर्ने र्राष्ट्रिय अपाङ्ग सेवा संघ प्युठानलाई धन्यवाद पर्कट गर्नु भएको थियो। मल्लरानी गाउँपालिकाका ४३ जना विभिन्न प्रकारका अपाङ्गता भएका ब्यक्तिले सामग्री पाउने भएका छ्न।
मल्लरानी गाउँपालिकाको आर्थिक सहयोगमा र्राष्ट्रिय अपाङ्ग सेवा संघ प्युठानको आयोजनामा सामग्री वितरण गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal