शनिबार, साउन १२, २०८१

राजमाेकाे प्राथमिकता सरकार निर्माण हाेईन-तारा जिसी

बुटवल साउन २० गते
राष्ट्रिय जनमाेर्चा लुम्बिनी प्रदेश साँसद तारा जिसीले सरकार निर्माण र सहभागिता आफ्नाे पार्टीको प्राथमिकता नभएको बताउनुभएकोछ। नेपाली जनताकाे ६०-७० बर्षकाे संघर्षबाट प्राप्त संविधान,गणतन्त्र,राष्ट्रियता,धर्मनिरपेक्षता र समावेशी जस्ता उपलब्धिहरूकाे रक्षाकाे प्रश्न राजमाेकाे प्राथमिकता भएको नेतृ जिसीले भन्नुभयो।
रिपाेटर क्लबकाे लुम्बिनी प्रदेश शाखाले बुटवलमा आयाेजना गरेको सत्ताधारी दल र गठबन्धनका सचेतकहरूकाे संयुक्त साक्षातकारमा बाेल्दै राजमाे साँसद जिसीले केन्द्रमा जसरी ओली सरकारबाट संघर्षका उपलब्धिहरूलाई धरापमा पार्दै समाप्त पार्ने असफल प्रयास भयाे,त्यसैकाे हुबहु प्रतिगमनकाे पक्षमा लुम्बिनी सरकार रहेकोले याे सरकारकाे विस्थापन आवश्यक भएको बताउनुभयो।
पत्रकारहरूकाे प्रश्नको उत्तर दिदै जिसीले प्रदेश सरकार अल्पमतमा रहेको असंवैधानिक सरकार हाे भन्दै पटकपटक अविश्वास प्रस्तावकाे सामना गर्नबाट बच्ने र सदनमा पेश गरेको बजेटलाई प्रक्रियामा लैजानुकाे सट्टा सदन वहिस्कार गरेर सत्तापक्ष नै हिड्ने याे दुनियाँमा नभएको चर्तीकला देखाएको भन्नुभयो।सत्ता जाेगाउन गठबन्धनका माननीयहरूलाई अपहरण गरेर राखेको,पैसा र पदकाे प्रलोभन दिएकाे सर्वत्र चर्चा भैरहेको छ,याे सरकारले कस्ताे संस्कार दिन खाेजेकाे हाे?भनी प्रश्न उठाउनुभयो ।
कार्यक्रममा सत्तापक्षका पक्षका प्रमुख सचेतक मा०भुमिश्वर ढकाल,नेका का प्रमुख सचेतक मा०फखरूद्दीन खान र जसपाका दलनेता मा० सहसराम यादवले पत्रकारका जिज्ञासाहरूकाे उत्तर दिनुभएको थियोे। लुम्बिनी सरकार विरूद्द साउन १९ गते राजमाे सहितका विपक्षी गठबन्धनले तेस्रोपटक अविश्वासको प्रस्ताव विधिवत रूपमा दर्ता गरेपछि राजनैतिक चासो बढेर गएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?