शनिबार, साउन १२, २०८१

गुल्मिमा एमसिसी विरुद्ध राष्ट्रिय जनमोर्चाले मसाल जुलुस पर्दशन गर्यो

 

शंकर प्रसाद पोख्रेल गुल्मी

गुल्मी जिल्लाको सत्यबती गाउंपालिका चेहमिमा राष्ट्रिय जनमोर्चाले राष्ट्रघती एमसिसि विरुद्ध मसाल जुलुस प्रदसन गरेको छ।

राष्ट्रघाती एमसिसी खारेज गर, अमेरिकी साम्राज्यवाद मुर्दाबाद , संघीयता खारेज गर, सम्पुर्ण देशभक्त नेपाली हरु एक हौं ,नेकपा मसाल जिन्दाबाद ,राष्ट्रिय जनमोर्चा जिन्दाबाद लगायत विभिन्न नारा लगाउदै राष्ट्रिय जनमोर्चाका कार्यकर्ताले सत्यबतिको चेहेमिमा मसाल जुलुस प्रदसन गरेकाछन।

मसाल जुलुस पछिको कोणसभामा राष्ट्रिय जनमोर्चाका सत्यबतिका अध्यक्ष मित्रलाल तरामी मगरले मन्तव्य राख्नुभएको थियो भने ,नेकपा मसाल गुल्मिका प्रवक्ता ओमेन्द्र कुंवरले कोण सभालाई संबोधन गर्दै ,एमसिसी परोयोजना राष्ट्रघाती भएको र यो तुरुन्तै खारेज हुनुपर्ने बताउनुभयो उहाँले राष्ट्रिय जनमोर्चाले गलतको बिरोध र सहिकामको समर्थन गर्ने , तथा अहिलेको देउवा सरकारलाई पनि सहि काम गरे आफ्नो पाटिले समर्थन र गलत गरे आन्दोलन गर्ने चेतावनी दिनुभयो। अहिलेसम्म कुनैपनी सरकारले गास बास कपासको ग्यारेन्टी नगरेकोले अब सवै राष्ट्रबादिहरुएकपटक राष्ट्रिय जनमोर्चाको झण्डा समाउन आह्वान गर्नुभएको थियो मसाल जुलुस कार्यक्रममा राष्ट्रिय जनमोर्चा सत्यबती दुइका अध्यक्ष रोम बहादुर कुंवर र अखिल नेपाल महिला संघ गुल्मिकी सचिब जमुना कुंवरको पनि उपस्थिति थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal