शनिबार, साउन १२, २०८१

प्युठान को झिमरुक मा ११७५ जनाले लगाए कोरोना विरुद्ध को दोर्स्रो कोभिड शिल्ड खोप

दीपेन्द्र सुनार प्युठान साउन २९
प्युठान जिल्लाको झिमरुक गाउपालिका मा कोरोना भाइरस विरुद्ध को दोर्स्रो डोज कोभिडशिल्ड खोप लगाउने अभियान सम्पन्न भएको छ।
गाउपालिकामा साउन २८/२९ गते गरि दुई दिन सम्म सन्चालन भएको खोप अभियान मा गाउपालिका भित्रका ८ वटै वार्ड हरुमा ६५ बर्ष माथिका जेष्ठ नागरिक लगायतको समुह अन्तर्गत ५९१ पुरुष र ५५४ महिला गरि ११७५ जनाले कोरोना भाइरस विरुद्धको दोर्स्रो मात्रको कोभिडशिल्ड खोप लगाएका गाउपालिका का स्वास्थ प्रमुख बिकास के सि ले बताएका छ्न।
उनका अनुसार बाङगेमरोट स्वास्थ चौकी मा १६९ जना,बादिकोट स्वास्थ चौकीमा १२३, जनाआलखोला स्वास्थ चौकीमा ११९ जना,बाङगेफेदी स्वास्थ चौकी मा १३३ जना,ओखरकोट स्वास्थ चौकी मा २०४ जनाले लगाएका छ्न । त्यस्तै तोरबाङ स्वास्थ चौकी मा १७५ जना , तुसारा स्वास्थ चौकिमा १७० जना र टिमुर चौर स्वास्थ चौकी मा ८२ जना गरि ११७५ जनाले खोप लगाएका छ्न
गत २८/२९ गते पहिलो कोभिड शिल्ड लगाएका हरुलाइ दोर्स्रो मात्रा को खोप लगाउन सुरु गरिएको हो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal