शनिबार, साउन १२, २०८१

गुल्मी दरबार गाउंपालिकामा नेकपा मसाल निकट युबक संघको भेला सम्पन्न

twitter sharing button
email sharing button

शंकरप्रसाद पोख्रेल, गुल्मी ।

अखिल नेपाल युवक संघले गुल्मीको दरबार गाउँपालिका–१ मा भेला सम्पन्न गरेको छ । भेलाले १९ सदस्सीय समिति गठन समेत गरेको छ ।

समितिको अध्यक्षमा दिपेश सर्तुङ्गी, उपाध्यक्ष गोबिन्द पल्ली, सचिव चिरञ्जीवी फुङ्जेली, सहसचिव गिरबहादुर राना र कोषाध्यक्षमा बलराम कुँवर चयन हुनुभएको छ ।

सदस्यहरुमा तुलबहादुर माच्कोटी, पुरन रजाली,तिकाराम घर्ती,बिक्रम बोटे, तुलबहादुर सर्तुङ्गी,दिपक पुन,राजन रेश्मी रहनुभएको छ भने सल्लाहकारमा बलराम खड्का, यमबहादुर सनारी, जिवन पल्ली तथा बैकल्पिक सदस्यहरुमा ज्ञानु सर्तुङ्गी, केशव राना, निर्मल रेश्मी, दुर्गाबहादुर सर्तुङ्गी हुनुहुन्छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव छबिलाल सर्तुङ्गीले युवाहरू परिवर्तनको संवाहक भएकोले देश र जनताको मुक्तिको लागि नेपाल कम्युष्टि पार्टी (मसाल) मा गोलबद्व भएर एमसीसी जस्तो राष्ट्रघाटी सम्झौता खारेजीको लागि आन्दोलनमा लाग्न आग्रह गर्नुभयो । यस्तै, राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य हरि न्यौपानेले सही र गलत छुट्टयार युवाहरु पनि राजनीतिमा लाग्नु पर्ने बताउनु भयो ।

चिरञ्जिवी फुङ्गजेलीको अध्यक्षता तथा रक्तिम कलाकार हरि सर्तुङ्गीको सञ्चालनमा सम्पन्न भेलामा राजमो रेसुङ्गा नगर समितिका सचिव तथा युगदर्शनका जिल्ला सम्वाददाता शंकरप्रसाद पोख्रेलले पनि सफलताको शुभकामना दिनुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal