शनिबार, असार ३०, २०८१

संघर्षका उपलब्धिहरू माथि आँच आउनु हुदैन-जिसी

बुटवल भदौ ७ गते
राष्ट्रिय जनमाेर्चा लुम्बिनी प्रदेश साँसद तारा जिसीले संविधान,राष्ट्रियता,गणतन्त्र,धर्मनिरपेक्षता र समावेशी जस्ता महत्त्वपूर्ण आन्दाेलनका उपलब्धिहरू माथी आँच आउने काम नयाँ सरकारले गर्न नहुने भन्दै प्रदेशवासीहरूमा विश्वासको वातावरण पैदा गर्न सरकारलाई सुझाव दिनुभयो ।
महामारीको प्रकाेप समाप्त भै नसकेको बताउदै काेरना खाेप व्यवस्थित प्रकारले सबै जनतालाई लगाउन,काेराेना महामारीका कारण लाखौं विद्यार्थीहरूकाे भविष्य अनिश्चित भैरहेको बताउदै उनीहरूको भविष्यमा देशकै भविश्य हुने भएकोले सरकारले गम्भीरतापूर्वक लिदै के गर्दा सहज हुन्छ ?ठाेस कार्यक्रम ल्याउनु पर्ने बताउनुभयो । महामारीको सम्भावित तेस्रो चरण राेक्न र नियन्त्रण गर्न आवश्यक व्यवस्थापनमा सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयाे।
याे बर्षायाम मा बाढी पहिराेले विकराल रूप धारण गरिरहेकाले पिडितलाई उचित राहत र व्यवस्थापन गर्न सरकार सित माग गर्नुभयाे।
देशमै अब्बल रहेको दावी गरेर नथाक्ने लुम्बिनी सरकारले
पूंजीगत खर्च असारमा झण्डै ५०% गर्ने गरेको र साउन-भदौमा सडक नालामा परिणत हुने गरेकाे बताउदै
पहाडका सडकमा नाला सहितको बनाउने बरू थाेरै बनाेस भन्दै राजमाे नेतृ जिसीलेअसारे विकास बन्दगर्न कडा कार्यविधि बनाएर अगाडि बढ्न सुझाव दिनुभयो।
विकास कार्यमा भ्रष्टाचार एैजरू सावित भएको छ भन्दै
कर्मचारी तन्त्रकाे ठूलाे हिस्सा परम्परावादी नै छ याे तप्काले नयाँ व्यवस्था स्विकार नगरे जस्ताे देखिन्छ ।
याे पंक्तिलाई ट्याकमा ल्याई कार्यमा पारदर्शिता र गुणस्तर शहित विकासमा हातेमालो गर्न र गराउन नयाँ सरकारको जिम्मेवारी रहेको बताउनुभयाे।
निर्माण ब्यावसायीहरूकाे कार्य सरकारबाट ठेक्का सबै तरिका अपनाएर दर्जनौं हात पार्ने काम भन्दा पनि सेटिंङ
गरेर नाम मात्रको कामगर्ने नेताहरूको अासिर्बाद चाहिँ भए पुग्ने परम्पराकाे अन्त गर्न सुझाव दिनुभयो ।
विभिन्न शिर्षक का अनुदान वास्तविक अनुग्राहीले हाेईन सत्ताधारी कार्यकर्तालाई वितरण गर्ने प्रथा बन्द गर्नुपर्ने,
सन्तुलित विकास नीति कडाइसाथ लागू गरिनुपर्ने
लैंगिक,समावेशी तथा सिमान्तकृत तप्काकाे हितको लागि ठाेस कार्यक्रम ल्याउनुकाे साथै
महिलाहिंसा,नागरिक सुरक्षा लगायत प्रदेश भरकाे फितलो सुरक्षा व्यवस्थापनलाई चुस्त दुरुस्त बनाउनुपर्ने
विधिकाे शासन स्थापना गर्न विगतमा भएका सबै प्रकारका कम्जाेरीहरूलाई हटाई जनतामा विश्वासकाे वातावरण वनाउन सुझाव दिनुभयो ।
संचार कर्मि,शिक्षाकर्मि लगायत विभिन्न तप्काले याे व्यवस्थाबाट अझै सहजता महुसुस गरेका छैनन् ,अतः समस्याहरूकाे पहिचान गरि समाधानमा सरकारको ध्यान जान आवश्यक रहेको बताउनुभयो।
राजमाे प्रदेश साँसद जिसीले लुम्बिनी प्रदेशको नवाैं अधिवेशनकाे तेस्रो बैठकमा नयाँ गठबन्धनको सरकारलाई राष्ट्रिय जनमाेर्चाकाे तर्फबाट सफलताको शुभकामना समेत दिनुभएको थियोे । प्रमुख प्रतिपक्षकाे अवराेधले केही छिन सदन स्थगित भए पनि पुनः सदन चल्दा उस्ले वहिस्कार गरेको थियो। प्रतिपक्षले वहिस्कार गरेपनि सरकारले विश्वासको मत हासिल गरेको छ। ८० सदस्यीय प्रदेश सभामा उपस्थिति सभामुख बाहेक ४३ जना रहेको जस मध्ये पक्षमा ४२ र तटस्थ १ मत रहेको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?