शुक्रबार, माघ १८, २०८१

लामो समयदेखि कोरोनाका कारण बन्द भएका प्युठान झिमरुकका बिधालयहरु सन्चालनमा आए

दीपेन्द्र सुनार प्युठान भाद्र ८
लामो समयदेखी कोरोनाका  कारण बन्द रहेका प्युठान जिल्ला झिमरुक गाउपालिकाका बिधालयहरु सन्चालनमा आएका छ्न।
गत साउन ३१ गते झिमरुक गाउपालिकाको गाउँ शिक्षा समिती को बसेको बैठकले सामुदायिक र सस्थागत बिधालय सन्चालन गर्ने निर्णय गरेसङगै भाद्र ७ गते सोमबार देखि बिधालय सन्चालनमा ल्याइएको झिमरुक गाउपालिकाका शिक्षा प्रमुख मोहन बि सि ले जानकारी दिएका छ्न।
उनका अनुसार प्रत्येक बिधालयले आफ्ना बिद्यार्थी र शिक्षक सबैले अनिबार्य स्वास्थ तथा शुरक्षाको मापदण्ड पालाना गरि माक्स सेनिटाइजर प्रयोग गर्दै कक्षाकोठामा सिमित बिद्यार्थी राखेर आलोपालो गरि कक्षा सन्चालन गर्न आफ्नो बिधालय ब्याबस्थापन समिती लाई जिम्मा दिएको बि सि ले बताएका छ्न।
झिमरुक गाउँपालिकामा अहिले सामुदायिक बिधालय ४६ तथा सस्थागत बिधालय ८ गरि ५४ बिधालय रहेका छ्न।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?