डडेलधुरा अनेरास्ववियु (छैठौं) सुदुरपश्चिम प्रदेशको अध्यक्षमा हेमराज भट्ट चयन भएका छन् । सोमबार प्रदेश समितको डडेलधुरामा भएको भेलाले नयाँ कार्यसमिति चयन गरेको हो ।
नव गठिन समितिको उपाध्यक्षमा डबल तिरुवा डोटी, सचिवमा टंक अवस्थी डडेल्धुरा, कोषाध्यक्षमा भिमराज जोशी कञ्चनपुर, सहसचिवमा कर्म जोशी डडेल्धुरा चयन भएका छन् ।
त्यस्तै कार्यसमिति सदस्यमा सम्पदा जोशी कैलाली, जनक तिमिल्सिना बाजुरा, राजेन्द्र साउद अछाम, गणेश जोसी कैलाली, भरत धामी बझाङ, भक्त धमला कैलाली, भुवन कार्की कञ्चनपुर रहेका छन् । त्यसैगरि रिक्त १ जना पछि चयन गरिने बताइएको छ ।
भेलामा राष्ट्रिय जनमोर्चाका नेता जगत जोशी, जनमोर्चाका डडेल्धुराका नेता आरसि धिक्तलगाएतको उपस्थिति रहेको थियो ।