शनिबार, साउन १२, २०८१

ठुलाठुला आन्दोलनमा युबा,बिद्यार्थीको महत्त्वपूर्ण भुमिका छ :- दुर्गा पौडेल

जुमान सिंह के सी १८ भाद्र, प्युठान

देशमा चल्ने ठुलाठुला आन्दोलन र परिवर्तन ल्याउनमा युवा तथा विद्यार्थीको महत्त्वपूर्ण भुमिका रहदै आएको र्राष्ट्रिय जनमोर्चाका केन्द्रिय उपाध्यक्ष तथा प्रतिनिधि सभा सदस्य दुर्गा पौडेलले बताउनु भयो।
अखिल नेपाल युवक संघ मल्लरानी गाउँ समिति र अखिल छैठौ मल्लरानी गाउँसमितीको आयोजनामा प्युठान खलंगामा भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
मल्लरानी गाउँपालिका अन्तरगतका विभिन्न वाड बाट युबा र विद्यार्थीको सहभागितामा कार्यक्रम गरिएको हो।
कार्यक्रममा र्राष्ट्रिय जनमोर्चा केन्द्रिय उपाध्यक्ष तथा प्रतिनिधि सभा सदस्य दुर्गा पौडेलको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको छ। भेलामा प्रशिक्षणात्मक मन्त्ब्य राख्दै पौडेलले युबा विद्यार्थीले आफ्नो हक अधिकार लाई सुनिश्चित गर्नका लागि पनि राजनीति गर्नु पर्ने उल्लेख गर्नु भएको हो।
साथै उहाले राजनीति एक प्रकारको समाजसेवा भएको भन्दै राजनीतिलाई कमाईखाने धन्दाको रुपमा बिकास भएको भन्दै सहि राजनीति, बिचारलाई साथ दिनु पर्ने बताउनु भयो।
राजमो लुम्बिनी प्रदेशका अध्यक्ष बोम बहादुर खत्रीले युवा विद्यार्थी वर्तमानका साझेदार र भविस्यका कर्णधार भएकोले यो देशको कर्मठ र योग्य नागरिक बन्न आग्रह गर्नु भयो।अन्यायको विरुद्धमा अवाज दिनु र न्याय प्राप्त गर्न पनि राजनीति आवस्यक रहेकोले सहि राजनीति र सहि विचारको बाटोमा गोलबन्द हुन समेत आनुरोध गर्नु भयो। देशका ठुला आन्दोलनमा युबा विद्यार्थीको महत्त्वपूर्ण योगदान रहेको भन्दै उहाँलेअहिले पनि देशको अवस्था अत्यन्तै संकटमा रहेकोले र्राष्ट्रियता जोगाउन र प्राप्त उपलब्धी जोगाउनका निम्ति खबरदारी गर्न युबा शक्तिलाई आग्रह गर्नु भएको थियो।
अखिल छैटौं जिल्ला अध्यक्ष चोप बहादुर बि क ले अहिलेको शिक्षा ब्यबहारिक नभएको उल्लेख गर्दै धनी पुजिपती वर्गको हितमा भएकोले एस्तो शिक्षाको अन्त्य गर्दै बैज्ञानिक तथा ब्यबहारिक शिक्षा आवस्यक रहेकोले त्यस प्रकारका आन्दोलन सफल पार्न सबै विद्यार्थीहरु एक जुट हुन आग्रह समेत गर्नु भएको थियो।
.भेलामा कार्यक्रममा राजमोका जिल्ला अध्यक्ष कृष्ण खड्का,राजमो लुम्बिनी प्रदेश सहसचीव केशव आचार्य, मल्लरानी गाउँपालिका अध्यक्ष अमरध्वज रानामगर , अखिल नेपाल युवक संघका केन्द्रिय सदस्य हुमलाल नेपाली, लागाएतले मन्तब्य राख्नु भएको थियो।
भेलाले गाउँपालिका स्तरीय अखिल नेपाल युबक संघको पुनर्गठन गरेको छ। अशोक रानामगरको अध्यक्षतामा २१ सदस्य समिति गठन गरिएको छ।तेस्तै अखिल छैटौंको मल्लरानी गाउँपालिका स्तरीय समिति समेत निर्माण गरिएको छ। सुदन भुसालको अध्यक्षतामा १३ सदस्य समिति गठन गरिएको छ।
संयुक्त रूपमा आयोजना गरिएको भेलाको अध्यक्षता युवक संघका अध्यक्ष केशव खड्का स्वागत मन्त्ब्य युबक संघका सचीव बामदेब पौडेलले गर्नु भएको थियो भने कार्यक्रमको संचालन केशव बुढाथोकीले गर्नु भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal