बिहिबार, चैत्र १५, २०८०

झिमरुकले२०० जना अति बिपन्न बालबालिकाहरुलाइ झोला तथा शैक्षिक सामाग्री बितरण गर्यो

दीपेन्द्र सुनार प्युठान भाद्र २२
प्युठान जिल्लाको झिमरुक गाउपालिकाले मुख्या मन्त्री ग्रामीण बिकास तथा रोजगार कार्यक्रम अन्तर्गत गाउँपालिका भित्रका ४६ वटा सामुदायिक बिधालयहरुका करिब २०० बिपन्न बालबालिकाहरुका लागि पोशाक तथा शैक्षिक सामाग्री बितरण कार्यक्रम सन्चालन गरेको छ।
सोमबार झिमरुक गाउपालिकाका शिक्षा प्रमुख मोहन बि सि को संयोजकतामा आर्थिक अभाबले शिक्षाबाट बन्चित भएका बालबालिकाहरुलाइ बिधालय आउन हौसला प्रदान गर्ने उदेश्यले उक्त कार्यक्रम सन्चालन गर्ने क्रममा सोमबार गाउपालिका भित्रका वार्ड न १ र र वार्ड न ४ का सामुदायिक बिधालयहरु मध्ये प्राथमिक तहमा अध्ययन गर्ने अति बिपन्न बालबालिकाहरुलाइ पोशाक झोला तथा शैक्षिक सामाग्री बितरण गरि कार्यक्रम को सुरुवात गरिएको छ।
गाउपालिकाले गाउपालिका भित्रका ४६ वटै सामुदायिक बिधालयका बालबालिकालाई प्राथामिकताका आधारमा करिब तीन लाख बराबरको शैक्षिक सामाग्री बितरण गर्ने क्रममा वार्ड न १ र वार्ड न ४ का प्राथामिक तहका बालबालिकाहरुलाई बितरण गरिसकिएको बाकी रहेका वार्ड का बिधालयहरुका प्राथामिक , नि मा बि , मा बि सबै तहका बालबालिकाहरूलाई अबको एक हप्ता भित्र नै शैक्षिक सामाग्री बितरण गरिने शिक्षा प्रमुख बि सि को भनाइ रहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal