शनिबार, साउन १२, २०८१

किसान महासंघ सैनामैनाकाे दाेस्राे नगर भेला सम्पन्न

बुटवल भाद्र २७ गते ।

रूपन्देही जिल्ला समिति अन्तर्गत किसान महासंघ सैनामैनाकाे दाेस्राे भेला केन्द्रीय सदस्य का० रूक बहादुर केसीकाे प्रमुख अतिथ्यमा सम्पन्न भएको छ।जयश्वर रेग्मीको अध्यक्षतामा सम्पन्न भएको भेलामा विशिष्ट अतिथि जिल्ला अध्यक्ष गणेश गाैतम अतिथिहरू राजमाे जिल्ला सल्लाहकार कृष्णबम मल्ल,अखिल नेपाल युवक संघ केन्द्रीय सदस्य हरिनारायण याेगी र अखिल नेपाल महिला संघ नगर अध्यक्ष लक्ष्मी कुवर हुनुहुन्थ्यो।
शहिदहरू प्रति एक मिनेट माैनधारणबाट सुरू भएको कार्यक्रममा स्वागत प्रेमलाल पुरीले गर्नुभएको थियोे ।
नयाँ समितिको प्रस्तावित पाईनल अखिल नेपाल शिक्षक संघ कि केन्द्रीय उपाध्यक्ष का०कमला बन्जाडेले प्रस्तुत गरे पछि सर्वसम्मत रूपमा पारित भयाे।
समितिको प्रथम बैठकले अध्यक्षमा जयश्वर रेग्मी,उपाध्यक्ष तुल्सि पुरी,सचिवमा राम चन्द्र न्याैपाने,काेषाध्यक्ष प्रेमलाल पुरी सदस्यहरूमा पूर्ण बहादुर केसी,धनन्जय पाेख्रेल,भिम बहादुर कुवर,प्रेम कुमार दंगासे सल्लाहकारमा मणिरत्न पाैडेल र हरि पाेख्रेल रहनु भएको छ।नव निर्वाचित समितिलाई राजमाे केन्द्रीय सदस्य नारायण जिसीले बधाई दिनुभएको थियाे।कार्यक्रमकाे संचालन नर बहादुर थापाले गर्नुभएको थियोे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal