शुक्रबार, बैशाख ७, २०८१

बामपंथी नेता खगुलाल गुरुङलाई मोहन बिक्रमले प्युठानको नारिकोट पुगेर दिए श्रद्धाञ्जली

नारायण जिसि प्युठान नारिकोट

बामपंथी नेता तथा सताब्दी पुरुष खगुलाल गुरुङलाई नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंहले खगुलाल गुरुङको गाउँ प्युठानको नारिकोटमा आफै उपस्थिति भएर अन्तिम श्रद्धाञ्जली दिएका छन ।

खगुलाल गुरुङलाई श्रद्धाञ्जली व्यक्त गर्दै गर्दा मोहन बिक्रम सिंहले खगुलाल गुरुङ कम्युनिष्ट आन्दोलनको अबिचलित योद्धा भएको बताए ,आफ्नो र खगुलाल गुरुङ्ग को ७५ बर्षको लामो संबन्ध रहेको बताउदै खगुलाल गुरुङको मिर्त्यु बाट पाटी र कम्युनिष्ट आन्दोलनलाई ठूलो क्षेती पुगेको ,खगुलाल गुरुङ बाट भाबी पुस्ताहरुले धेरै सिक्नुपर्ने बताए।

खगुलाल गुरुङलाइ श्रद्धाञ्जली दिनेहरुमा राष्ट्रिय जनमोर्चाकि उपाध्यक्ष तथा संघीय सांसद दुर्गा पौडेल ,प्रदेस सांसद तारा जिसि,राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य कृस्न खड्का ,राष्ट्रिय जनमोर्चाका प्रदेश अध्यक्ष बोम बहादुर खत्री ,राष्ट्रिय जनमोर्चाका नेता तथा झिमरुक गाउँपालिकाका अध्यक्ष तिलक जिसि,मल्लरानी गाउंपालिकाका अध्यक्ष अमरधोज राना ,राष्ट्रिय जनमोर्चाकि नेतृ पद्मा पन्डित,जिल्ला समन्य समिति प्युठानका प्रमुख केसवराज आचार्य ,अखिल छैटौंका सचिब सुवास जिसि ,नेकपा एमालेका मान बहादुर जिसि,नेकाका गुमानसिंह जिसि ,नेकपा माओबादी केन्द्रका प्रतिनिधि टि एस गुरुङ,नेकपका चिन्तामणि घिमिरे र खगुलाल गुरुङका छोरा नाति लगायतले श्रद्धाञ्जली दिएका थिए।

श्रद्धाञ्जली कार्यक्रमको अध्यक्षता नेकपा मसाल प्युठानका प्रबक्ता ज्ञानुराम न्यौपानेले गरेका थिए भने संचालन राष्ट्रिय जनमोर्चा जिल्ला सचिब बिदुर मल्लले गरेका थिए।

कम्युनिष्ट नेता खगुलाल गुरुङको १०४ बर्सको उमेरमा हिजो बुटवल प्रदेश अस्पतालमा मिर्त्यु भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?