शनिबार, साउन १२, २०८१

किरणजी, विप्लव जीसँग छलफल चलिरहेको छ’, प्रचण्ड

सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट विचारधाराहरुबीच एकता प्रक्रिया चलिरहेको बताएका छन् ।

काभ्रेको पाँचखालमा पार्टीको भातृ संगठन योङ कम्युनिष्ट लिग, (वाईसीएल) को दोस्रो नगरसभालाई बिहीबार सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एकताका लागि मोहन वैद्य र नेत्रविक्रम चन्द लगायतसँग छलफल चलिरहेको बताएका हुन्।

‘किरणजी, विप्लव जीसँग छलफल चलिरहेको छ’, प्रचण्डले भने, ‘बाबुराम-उपेन्द्रजीसँग गठबन्धनमा छौं। मोहनविक्रमजीसँग पनि छलफल चलिरहेको छ।’

प्रचण्डले एकता प्रक्रियामा किरण र विप्लवहरुसँग हार्दिकतापूर्वक व्यवहार गर्न पनि कार्यकर्तालाई निर्देशन दिए।

‘किरण, बाबुराम, उपेन्द्र, विप्लव, मोहनविक्रमजी लगायतका कम्युनिष्टहरुसँग हार्दिकतापूर्वक सम्बन्ध बढाउनुहोलाु, उनले भने, ुहामीले केन्द्रमा एकता प्रक्रिया अघि बढाइरहेका छौं।’

केपी ओलीजति बुद्धि नभएको नेता मैले कोही पनि देखेको छैन

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा पछिल्लो समय प्रतिक्रान्तिको डिजाईन गरिएको भएपनि आफहरुले त्यसलाई परास्त गरेको बताएका छन् ।

वाईसिएल नेपालको दोस्रो पाँचखाल नगर सम्मेलन काभ्रेमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले केपी ओलीलाई भगौडाको संज्ञा दिए ।

उनले भने,‘हामीमाथि दमन गर्ने उद्देश्यले प्रतिक्रान्ति गर्न खोजिएको थियो, केपी ओलीसँग एकता गर्नै हुँदैन थियो भनेर साथीहरुले भन्ने गरेका छन्, तर एमालेमा हजारौं क्रान्तिकारी नेताहरु छन्, यो देशलाई सामाजिक विकासमार्फत समाजवादतर्फ लैजानको लागि मैले जोखिम उठाएँ, यदि पार्टी विभाजन नगरिएको भए, हामीले फुटाएको होईन, हामीले केपी प्रवृत्तिमाथि विजय प्राप्त गरेको हो ।

केपीजस्तो निरंकुश, अहंकारी र दम्भीलाई पार्टीबाट निकालिदिएको हो । केपीजतिको बुद्धि नभएको नेता मैले कोही पनि देखेको छैन् ।

यदि ठूलो अवसर थियो उनलाई, चुप लागेर बसेको भए सहमति पालना गरेको भए महान नेता हुने अवसर थियो । केपी ओली विदेशीसँग आत्मसमर्पण गरे ।’ केपी प्रवृत्ति भनेको सामन्ती हिन्दू प्रवृत्ति भएको पनि उनको टिप्पणी छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal